सरकारबाट बाहिरिने निर्णय गरेको राप्रपाले समर्थन पनि फिर्ता लियो

काठमाडौं, १३ फागुन । राष्ट्रय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णयसँगै सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको छ । आज बसेको कार्यसम्पादन समिति र संसदीय समितिको संयुक्त बैठकले केन्द्रदेखि प्रदेशसम्मका सरकारहरुलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । परिवर्तिन सन्दर्भमा राप्रपा सरकारमा रहनु उपयुक्त नहुने ठहर वैठकले गरेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।