समाचार टिप्पणी

प्रचण्डको सत्ताजिजीविषा, विद्रूप राजनीति र माओवादीको लिलिपुट यात्रा

मोहन बास्तोला

काठमाडौं, १४ फागुन । ‘बन्दुकको नालबाट सत्ता जन्मिन्छ’ भन्ने दर्शन बोकेर १० वर्षसम्म शसस्त्रयुद्धको नेतृत्व गरेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शसस्त्रयुद्ध त्यागेर पहिलो पटक संसदीय राजनीतिमा सहभागी हुँदा अभूतपूर्व सफलता प्राप्त गरेको थियो ।

२०६४ चैत २८ गते बिहीबार भएको संविधानसभाको पहिलो निर्वाचनमा उक्त दलले २ सय ४० स्थानका लागि भएको प्रत्यक्ष निर्वाचनमा एक्लैले प्रत्यक्षमा १ सय २० सिटमा जित हात पारेको थियो । माओवादीले त्यतिबेला समानुपातिक तर्फबाट १ सय गरी जम्मा २ सय २० सिटसहित एक्लै बहुमत नजिकको हैसियत बनाएको थियो । उक्त निर्वाचनमा ३१ लाख ४५ हजार ५ सय १९ मत प्राप्त गरेको माओवादीले ३० दशमलत ५२ प्रतिशत मत प्राप्त गरेको थियो ।

‘बन्दुकको नालबाट सत्ता जन्मिन्छ’ भन्ने दर्शन बोकेर १० वर्षसम्म शसस्त्रयुद्धको नेतृत्व गरेको तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले शसस्त्रयुद्ध त्यागेर पहिलो पटक संसदीय राजनीतिमा सहभागी हुँदा अभूतपूर्व सफलता प्राप्त गरेको थियो

त्यहि निर्वाचनमा लामो समयदेखि मुलुकको राजनीतिमा स्थापित दल नेपाली कांग्रेस र नेकपा (एमाले) निकै कमजोर अवस्थामा पुगेका थिए । उक्त निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा जम्मा ३७ सहित १ सय १० र एमालेले प्रत्यक्षमा ३३ सहित १ सय ३ सिटमा चित्त बुझाउनु परेको थियो ।

भर्खरै खुला राजनीतिमा प्रवेश गरेको र जनताको मुद्धा बोकेको दल भन्दै जनताले पनि अभूतपूर्व मतसहित माओवादीलाई शक्तिशाली दलका रुपमा दर्ज गराएका थिए । ०६४ सालको निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता मध्ये १ करोड ८ लाख ६६ हजार १ सय ३१ मत खसेको थियो । त्यतिबेला १ करोड ३ लाख ६ हजार १ सय २० मत सदर र ५ लाख ६० हजार मत बदर भएको थियो ।

अभूतपूर्व सफलता प्राप्त गरेसँगै तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । तर, उहाँले तत्कालिन प्रधान सेनापति काण्डका कारण राजिनामा दिनुभयो ।

अभूतपूर्व सफलता प्राप्त गरेसँगै तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०६५ भदौ २ गते नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । तर, उहाँले तत्कालिन प्रधान सेनापति काण्डका कारण राजिनामा दिनुभयो

पहिलो संविधान सभा २०६९ जेठ १४ मा विघटन भयो र २०७० मंसिर १४ मा खिलराज रेग्मी नेतृत्वको सरकारले दोस्रो संविधान सभाको निर्वाचन गरायो । पहिलो निर्वाचनमा शक्तिशाली पहिलो दल भनेको माओवादी ६ वर्षको अन्तरालमा निकै कमजोर मात्रै बनेन । २०७० मंसिर १४ मा दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी निकै कमजोर अवस्थासहित तेस्रो दलको हैसियतमा थन्कियो ।

पहिलो निर्वाचनमा ३१ लख ४५ हजार ५ सय १९ मत प्राप्त गरेको माओवादीले दोस्रो संविधान सभाको निर्वाचनसम्म आउँदा १६ लाख ९ हजार १ सय ४५ मतमा चित्त बुझाउन बाध्य भयो । उक्त निर्वाचनमा कुल १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाता रहेकोमा ९५ लाख १६ हजार ७ सय ३४ मतदाता मतदानमा सहभागी भएका थिए ।

दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट २ सय ४० र समानुपातिक निर्वाचन प्रणालीबाट ३ सय ३५ जना संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो । पहिलो संविधान सभाको निर्वाचनमा प्रत्यक्षतर्फ १ सय २० सिट जितेको माओवादी ६ वर्षपछि भएको संविधानसभाको दोस्रो निर्वाचनमा जम्मा २६ स्थानमा मात्रै विजयी भयो । त्यो भनेको करीब ११ प्रतिशत जति मात्रै हो ।

समानुपातिकमा भने माओवादीले ५४ सिट ल्याएको थियो । दुबै जोड्दा माओवादीले ८३ सिट ल्याएको थियो । त्यो भनेको अघिल्लो निर्वाचन भन्दा १ सय ५४ सिट कम हो । त्यतिबेला कांग्रेस १ सय ५ र एमाले ९१ सिटमा विजयी भएका थिए ।

संसदीय राजनीतिमा प्रवेश गरेको ६ वर्षको अन्तरालमै माओवादीले आफ्नो पार्टीको अस्तित्व एकपछि अर्को गर्दै ओरालो झार्दै लग्यो । तर, त्यहि माओवादीले अहिले मुलुकको राजनीतिमा अस्थिरता र अविश्वसनीय राजनीतिको विउलाई दुबो जसरी फैलाउँदै लगेपछि मुलुकको राजनीतिक भविश्य नै अन्योलग्रस्त बन्दै जाने खतरा बढेको छ ।

२०७० को निर्वाचनबाटै पार्टीको अस्तित्व बचाउन धौधौ अवस्थामा पुगेको माओवादीले त्यसपछि भने एक्लै निर्वाचनमा सहभागी हुने ल्याकत गुमाउँदै आएको छ । अरु दलको वैशाखीमा निर्वाचन लडेर पार्टीको अस्तित्व बचाउँदै आएको माओवादी ०७४ र ०७९ मा भएका दुबै निर्वाचनमा अरु दलकै वैशाखीमा चुनावी मैदानमा उत्रियो । पार्टीको अस्तित्व जोगाउन गठबन्धन संस्कृति अंगाल्ने रणनीतिसहित चुनावी मैदानमा ओर्लिएको त्यहि माओवादीले अहिले गठबन्धन संस्कृतिलाई पनि एकपछि अर्को गर्दै विद्रूप बनाउँदै आएको छ ।

२०७४ मंसिर १० र २१ गरी दुई चरणमा निर्वाचन भयो । शसस्त्र युद्धपछिका दुई निर्वाचनमा सहभागी भएको माओवादी निरन्तर ओरालो लाग्दै आएपछि २०७४ मंसिर १० र २१ गरी दुई चरणमा निर्वाचन सम्पन्न तेस्रो निर्वाचनमा भने उक्त दल तत्कालिन नेकपा (एमाले)को वैशाखीमा निर्वाचनमा सहभागी भयो ।

०७४ मंसिर १० र २१ गरी दुई चरणमा निर्वाचन भयो । शसस्त्र युद्धपछिका दुई निर्वाचनमा सहभागी भएको माओवादी निरन्तर ओरालो लाग्दै आएपछि २०७४ मंसिर १० र २१ गरी दुई चरणमा निर्वाचन सम्पन्न तेस्रो निर्वाचनमा भने उक्त दल तत्कालिन नेकपा (एमाले)को वैशाखीमा निर्वाचनमा सहभागी भयो

निकै कमजोर धरातलसहित मुलुकको राजनीतिमा गलत संस्कार हावी गराउँदै आएको माओवादी आफू निर्वाचनमा सहभागी भएको ठिक १० वर्षपछिको तेस्रो निर्वाचनमा एमालेको वैशाखीका कारण पार्टीको अस्तित्व थोरै भए पनि उकास्न सफल भयो ।

एमालेसँगको गठबन्धनबाट उक्त निर्वाचनमा १ सय ६५ मध्ये ३६ सिटमा माओवादी प्रत्यक्षतर्फ विजयी भयो । उक्त निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता थिए । त्यसमध्ये १ करोड ५ लाख ९४ हजार ४४ मतदाताले मतदान गरेका थिए । उक्त निर्वाचनमा एमाले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिटसहित पहिलो र शक्तिशाली दल बन्यो ।

उक्त निर्वाचनमा प्रत्यक्षतर्फ ३६ सिट जिते पनि समानुपातिकतर्फ माओवादी जम्मा १७ सिटमा मात्रै विजयी भयो । उक्त निर्वाचनमा माओवादीले १५ दशमलव ६३ प्रतिशत मत ल्याएको थियो । एमालेले ०७४ को निर्वाचनमा ४० दशमलव ३४ प्रतिशत मत ल्याएको थियो । मत प्रतिशतको हिसावले हेर्ने हो भने पनि ०६४ को निर्वाचनमा ३० दशमलत ५२ प्रतिशत मत प्राप्त गरेको माओवादी एमालेको साहारा लिदाँ पनि १० वर्षपछि भएको निर्वाचनमा १५ दशमलव ६३ प्रतिशतमा थन्किन बाध्य भएको थियो ।

मत प्रतिशतको हिसावले हेर्ने हो भने पनि ०६४ को निर्वाचनमा ३० दशमलत ५२ प्रतिशत मत प्राप्त गरेको माओवादी एमालेको साहारा लिदाँ पनि १० वर्षपछि भएको निर्वाचनमा १५ दशमलव ६३ प्रतिशतमा थन्किन बाध्य भएको थियो

०७४ पछि अर्थात गत मंसिर ४ मा भएको निर्वाचनमा त्यहि माओवादी कांग्रेस र नेकपा एकीकृत समाजवादीलगायतका दलसँगको गठबन्धनमा सहभागी भएर निर्वाचनमा गयो । उक्त निर्वाचनमा एमालेसँगको गठबन्धनमा ५ वर्ष अघि प्राप्त गरेको भन्दा आधा मात्रै अर्थात् प्रत्यक्षतर्फ १७ सिटमा मात्रै माओवादी विजयी भयो । माओवादीले ०७४ मा जितेकामध्ये ०७९ को निर्वाचनमा २३ वटा क्षेत्र गुमाउन बाध्य भयो । माओवादी अहिले समापनुपातिकसहित ३१ सिटमा खुम्चिएको छ ।

माओवादी र उक्त दलको नेतृत्व गरेका प्रचण्डको १५ वर्षे राजनीतिक इतिहास केलाएर हेर्दा निकै विद्रूप र फोहोरी देखिन्छ । अविश्वसनीय राजनीतिका चतुर खेलाडी प्रचण्डले यो १५ वर्षे खुला राजनीतिको इतिहासमा माओवादको खास्टो ओढेर राजनीतिलाई नैतिकहीन र मूल्यहीन बनाउन भएभरको शक्ति प्रयोग गरेको यथार्थ डोकोले छोपे जस्तै छर्लङ देखिएको छ ।

माओवादी र उक्त दलको नेतृत्व गरेका प्रचण्डको १५ वर्षे राजनीतिक इतिहास केलाएर हेर्दा निकै विद्रूप र फोहोरी देखिन्छ । अविश्वसनीय राजनीतिका चतुर खेलाडी प्रचण्डले यो १५ वर्षे खुला राजनीतिको इतिहासमा माओवादको खास्टो ओढेर राजनीतिलाई नैतिकहीन र मूल्यहीन बनाउन भएभरको शक्ति प्रयोग गरेको यथार्थ डोकोले छोपे जस्तै छर्लङ देखिएको छ

त्यति मात्रै होइन प्रचण्डको १५ वर्षे खुला राजनीतिमा माओवादको आर्दश सत्ताप्राप्तिका सामू पटक–पटक लिलिपुट बन्ने गरेको विर्सिन लायक इतिहासको लामो श्रृंखला नै बनेको छ । विचार, आदर्श र दर्शनलाई तिलाञ्जली दिदैँ धोकाधडी र विद्रूप राजनीतिको पर्यायका रुपमा आफूलाई दर्ज गराउँदै आउनु भएका प्रचण्डको पछिल्लो अविश्वसनीय राजनीति त्यसैको श्रृंखला हो भन्न कुनै मुस्किल छैन ।

कांग्रेस, समाजवादीलगयतका दलको वैशाखीमा मंसिर ४ को निर्वाचन लड्नु भएका प्रचण्डको दल माओवादी मत परिणामसँगै लिलिपुट बन्यो । तर, आफ्नो दल लिलिपुट बने पनि प्रधानमन्त्री बन्ने उहाँको जिजीविषा कायमै थियो ।

उहाँको त्यो जिजीविषामा कांग्रेसले चिसो पानी खन्याई दियो । त्यसपछि भुङ्ग्रोको माछो जसरी छट्पटिदैँ बालकोट पुग्नु भएका प्रचण्डलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते प्रधानमन्त्रीको पगरीसहित बालकोटको बार्दलीमा निकालेर मुस्कानसहित हात हल्लाउँन लगाउनुभयो ।

उहाँको त्यो जिजीविषामा कांग्रेसले चिसो पानी खन्याई दियो । त्यसपछि भुङ्ग्रोको माछो जसरी छट्पटिदैँ बालकोट पुग्नु भएका प्रचण्डलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते प्रधानमन्त्रीको पगरीसहित बालकोटको बार्दलीमा निकालेर मुस्कानसहित हात हल्लाउँन लगाउनुभयो

प्रधानमन्त्री पदका लागि पलभरमै चुनावी गठबन्धन भत्काएर नयाँ गठबन्धनमा जोडिनु भएका उनै प्रचण्डले फेरि दुई महिना पनि बित्न नपाउँदै एमाले नेतृत्वको गठबन्धनमा घन हान्दै कांग्रेसकै साहारा लिन पुग्नु भएको छ । यो उहाँको समग्र राजनीतिको विद्रूप र अस्थिर चरित्र झल्काउने बलियो उदाहरण हो ।

विचार, आदर्श, सिद्धान्त र नैतिकताको खास्टो ओढेर राजनीतिमा नैतिक मूल्य, मान्यता र सहमति, सम्झौतालाई घन हान्दै हिड्ने प्रचण्डले गठबन्धनको संस्कारलाई समेत विद्रुप बनाउने पात्रका रुपमा एकपछि अर्को गर्दै आफूलाई उभ्याउँदै आउनु भएको छ । उहाँको यहि विद्रूप र अस्थिर चरित्रका कारण उहाँले नेतृत्व गरेको राजनीतिक दलनै निकट भविश्यमै अस्तित्व बिहीन र लिलिपुट बन्ने खतरा बढ्दै गएको छ ।

आफूलाई प्रधानमन्त्री पदप्राप्तिका लागि किस्तीमा राष्ट्रपतिको पद बोकेर बालकोट पुग्नु भएका प्रचण्डले पछिल्लो समय त्यहि राष्ट्रपति पदलाई ‘राष्ट्रिय सहमतिको राष्ट्रपति’ को वीणा बजाउनुभयो । ‘राष्ट्रिय सहमतिको राष्ट्रपति’ को कर्णप्रिय राप अलाप्दै भित्रभित्रै जालझेल र कपटपूर्ण राजनीतिको खेल खेल्नु भएका प्रचण्डले अझै मुलुकको राजनीतिलाई कति विद्रूप र जालझेलपूर्ण बनाउनु हुने हो त्यो भने हेर्न बाँकी नै छ ।