काठमाडौंको बसन्तपुरमा चीर ठड्याइएपछि सुरु भयो होली

काठमाडौं, १५ फागुन । काठमाडौंको बसन्तपुरमा आज फागुन शुक्ल अष्टमीकाे दिन चीर ठड्याइएपछि हाेलीकाे सुभारम्भ भएकाे छ ।
हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।
आज बिहान ७ः४५ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरुले एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २२ र २३ गते परेको छ ।