प्रदेश १ को नाम कोसी राख्न एमालेले गरे प्रस्ताव दर्ता, समर्थकमा कांग्रेसका भूमिप्रसाद

विराटनगर, १७ फागुन । प्रदेश १ को प्रदेश सभामा प्रदेशको नाम कोशी राख्न लागि नेकपा एमालेले प्रस्ताव दर्ता गरेको छ।

एमाले सांसद रामबहादुर मगर प्रस्तावक र निरन राई, कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक बसेर ‘कोसी’ प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन्।

प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको प्रस्तावमा फरक मत नराख्ने बताएको छ।