विश्वकप क्रिकेट लिग–२ अन्तरगत युएईविरूद्ध टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने

काठमाडाैं, १८ फागुन । विश्वकप क्रिकेट लिग–२ अन्तरगत खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्।

मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप लामिछाने उनको स्थानमा खेल्न हिजै दुबई पुगेका छन् ।

बिहीबार नै आईसीसीले लामिछानेलाई टोलीमा खेल्न स्वीकृतिसमेत दिएको थियो।