संघीयता खारेजी र हिन्दु राष्ट्रकाे माग राख्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं, २० फागुन । संघीयता खारेजी र हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै काठमाडौंकाे बानेश्वरमा प्रदर्शन गरेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वमा काठमाडौंको माइतीघरमा भेला भइ नयाँ बानेश्वरसम्म प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागी अभियानकर्ताहरुले नेपाललाई हिन्दुराष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्नेलगाएतका माग राखी राजतन्त्रको पक्षमा नाराबाजी गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराई झापाबाट सुरु भएको अभियानले बुटवल हुँदै देशका विभिन्न शहरमा प्रदर्शन गरिसकेको छ। महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध काठमाडौंमा पनि प्रदर्शन गरेकाे प्रसाईँले बताएका छन् ।
महाअभियानले बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने, ५ प्रतिशत ब्याजमा ऋण पाउनु पर्नेलगायतका विषयमा १३ बुँदे अपिल गरेको छ।
प्रदर्शनलाई लिएर बानेश्वर माइतीघर क्षेत्रको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारिएको छ।