कफी शपको छैटौँ तलाबाट खसेर माधव नेपालका भाइको निधन

काठमाडौं, २० फागुन । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको निधन भएको छ । उहाँको शंखमुलस्थित एक कफी शपको छैटौँ तलाबाट खसेर निधन भएको हो ।

माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार पनि कफी सपको छतबाट खसेपछि सख्त घाइते उपाध्यायलाई उपचारका लागि अस्पताल लगिएको थियो । उहाँ इन्जिनियर हुनुहुन्थ्यो ।