झापा विद्रोहका योद्धाहरुको सम्झनामा एमाले मुख्यालयमा ५० औं सहिद दिवस (१० तस्बिर)

काठमाडौं, २१ फागुन । नेकपा (एमाले) ले ५० औं सहिद दिवस मनाएको छ । एमाले मुख्यालय च्यासलमा एक कार्यक्रम गरी उक्त दिवस मनाएको हो । झापा विद्रोहका क्रममा चन्द्रगढी कारागारमा थुनिएका तत्कालिन योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई २०२९ सालको फागुन २१ गते जेल सार्ने निहुँमा पञ्चायती शासकले इलामको सिमानामा पर्ने सुखानी जङ्गलमा गोली हानी हत्या गरेका थिए । त्यहि दिनको सम्झनामा सहिद दिवस मनाउँदै आइएको छ ।