बस्नेतको घरमा खाना खान गुण्डु पुगे मेयर बालेन, तीन घण्टा बसे १५ सुझाव लिएर फर्किए

भक्तपुर २५ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंमा डोजर आतंक मच्याइरहेका बेला साहको धेरैले तारिफ गरिरहेका थिए । त्यसैबेला पूर्वमन्त्री महेश बस्नेले सबै भन्दा सुरुमै बालेनको जोडर आतंकबारे आलोचना गर्नुभएको थियो । सामान्य नियम पनि पूरा नगरी हचुवाका भरमा डोजर आतंक मच्याउँदै वाहवाही पाइरहेका बेला बस्नेतले सामाजिक सञ्जालबाट नियम–कानुनको पालना गर्न दिएको सुझावलाई मेयर साहले त्यतिबेला पचाउन सक्नु भएन र उल्टै बस्नेतको आलोचनामा उत्रिनुभयो ।
मेयर बालेनको डोजर आतंकबार असन्तुष्टि व्यक्त गर्दै बस्नेतले गत भदौ १० मा एउटा स्ट्याटस लेख्नु भएको थियो । उहाँले लेखेको स्ट्याटस यस्तो थियो । ‘एउटा प्रोग्राम सकेर जस्ट घर पुगे बालेनजीको टिप्पणी हेरें खुशी लाग्यो । तपाँईलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सुर्यबिनायक नगर पालिकामा काजमा आउनुहोला,’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको थियो, ‘तपाँइलाई भत्काउने र ध्वसं गरेर हिरो हुन्छु भन्ने लाग्या होला । हाम्रोतिर ध्वसं होइन निर्माणको लहर चलेको छ । यताका डोजरमा मेयर चड्दैनन् ड्राइभर चड्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ्ग सिकेर आउनुहोला ।’ बस्नेतले त्यहि स्ट्याटस मार्फत नै २÷४ सय फेसबुके फ्यान भए भनेर नमात्तिन साहलाई आग्रह गर्दै भक्तपुरमा साहलाई निम्तो दिनुभएको थियो ।
बस्नेतले त्यहि स्ट्याटसमै थप लेख्नु भएको थियो । ‘बिगतका यस्ता २÷४ सय फेसबुके फ्यान भएका म्यान अहिले कहाँ छन् खोज्नै पर्ने भाको छ । गालीगलौजको संस्कृति हाम्रो संस्कृति होइन । त्यस्को विकास र प्रोत्साहनमा अहिले त रमाइलै होला पछि तपाईका बिरोधीले पनि त्यही शैली अपनाए भने गार्हो होला ।’ बस्नेतको स्टाटसमा त्यतिबेला कमेन्ट गर्दै बालेनले ‘हजुरको घरको नक्सा पास छ कि छैन ?’ भन्दै सामाजिक सञ्जालमै प्रतिप्रश्न गरेपछि बस्नेतले फेरि त्यहि कमेण्ट सेयर गर्दै लेख्नु भएको थियो । ‘तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिका काजमा आउनुहोला ।’
त्यतिबेला माहोल तातेको थियो । सामाजिक सञ्जाल मात्रै हेरेर धारणा बनाउने हजारौँले बस्नेतको आलोचना गरे भने मेयर बालेनको तारिफ । तर, बस्नेतले भने जस्तै मेयर बालेको डोजर आतंक विस्तारै यस्तो अचाक्ली हुँदै गयो कि । मेयर बालेन एकपछि अर्को गर्दै आलोचित बन्दै जान थाल्नुभयो । सामाजिक सञ्जालको तारिफबाट हौसिनु भएका मेयर बालेनले टुुकुचा भेटियो भन्दै त्यहाँ पनि डोजर चलाउन लगाउनुभयो । नियम–कानुनको धज्जी उडाउँदै उहाँ डोजर लिएर सुकुम्बासी बस्ती हान्न पुग्नुभयो । यी सबै गलत प्रक्रियाको पछिल्लो समय सबैतिरबाट आलोचना हुँदै आएपछि मेयर बालेनको डोजर आतंक विस्तारै सेलाउँदै गयो ।
बस्नेतले ‘घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिका काजमा आउनुहोला’ भनेर दिएको निम्तो मान्दै करीब ६ महिनापछि काठमाडौंका मेयर बालेन बस्नेतको निवास नै पुगेर परिवारसहित बसेर खाना खाएर भक्तपुरको विकासको मोडेल हेरेर फर्किनु भएको छ । त्यहि विषयलाई लिएर बस्नेत र साहबिचको तिक्तता कायमै रहेका बेला बालेन आफ्ना सहयोगीहरुसहित बस्नेत निवास पुग्नुभयो भने बस्नेतले पनि आफ्नै निवासमा आएका पाहुनालार्ई सत्कारको कुनै कमी राख्नु भएन ।
उहाँले मेयर बालेनसँग वर्तमान राष्ट्रिय राजनीति, मनोहरा करिडोर निर्माण र त्यहाँका समस्या, मनोहरा नदीको बहाव परिवर्तन र त्यसको समाधान, सकुम्बासी बस्तीको समस्या समाधानको उपाय सबैबारे खुलेर कुरा गर्नुभयो ।
बस्नेत र साहको भेटमा कोटेश्वर चोकमा आकाशे पुल निर्माण, हनुमन्ते नदीको ५५ रोपनी र मनोहरा नदीको ४४ रोपनी जग्गा, सूर्यविनायकदेखि धुलिखेलसम्मको ६ लेनको सडक स्तरोन्नति, भक्तपुरको नमुनायोग्य विकास र त्यसको अनुकरण जस्ता विषयमा गहकिलो छलफल भएको पूर्वमन्त्री बस्नेतले जानकारी दिनुभयो ।
भेटमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको समयमा भएको विकासलाई हाल गठबन्धनको संघीय सरकारका कारण विकासमा भएको अवरोध र त्यसको असर, मनोहरा प्लानिङ आयोजना, स्मार्ट सिटी, भक्तपुरका पर्यटकीय, धार्मिक क्षेत्रको विकास, प्राणी उद्यान केन्द्र, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण र सहकार्य, वातावरण प्रदुषण नियन्त्रण जस्ता विषयमा पनि उहाँहरुबिच कुराकानी भएको थियो ।
बस्नेतका परिवारसँगै बसेर खाना खानु भएका मेयर साहलाई बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा गरेको विकास निर्माणबारे जानकारी गराउनअनन्तलिङ्गेश्वर मन्दिर, ऐतिहासिक अनन्त झुला (कुण्ड), पाथिभरा मन्दिर, निर्माणाधिन राष्ट्रिय प्राणी उद्यान केन्द्रलगायतका स्थानको अवलोकन समेत गराउनु भएको थियो । डोजर आतंक नमाच्याई पनि विकास गर्न सकिन्छ भन्ने नमूना बस्नेतले देखाएपछि मेयर साह पनि दंग पर्नुभएको थियो । ‘मेयर साहले भक्तपुरको विकास मोडेल हेर्ने चाहना राखेपछि मैले उहाँलाई मेरो निर्वाचन क्षेत्र र निवासमा स्वागत गरेको हुँ,’ बस्नेतले मैत्रिन्युजसँग भन्नुभयो, ‘उहाँ करीब ३ घण्टाजति म र मेरोपरिवारसँग रहनुभयो । मसँगको भेटमा उहाँले मुलुकको समृद्धिका लागि युवा–युवा भनेर मात्रै नहुने नयाँ सोच र भिजन अहिलेको आवश्यकता हो भन्ने आसयको व्यक्त गर्नुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिचको समिकरण भएको भए हुने भन्ने आसय पनि व्यक्त गर्नुभयो ।’
भक्तपुरको विकास मुलुककै लागि उदाहरणीय भएको भन्दै साहले भेटमा त्यसलाई अरु जिल्ला र पालिकाले पनि अनुकरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । तीनकुनेको मुआब्जालगायतका विषयमा टुंगोमा पुग्नका लागि अनुभवी दल र नेता विजय भएको भए थप सहज हुने भाव पनि साहले बस्नेतसँग व्यक्त गर्नुभएको थियो ।
‘विकास र समृद्धिका लागि भूमिका खेल्न अनुभवी राजनीतिक दल नै सक्षम हुनेरहेछन् भन्ने आसय पनि उहाँले भेटमा व्यक्त गर्नुभयो,’ भेटबारे बस्नेतले भन्नुभयो, ‘स्वतन्त्र र साना दलको भूमिका कमजोर हुनेरहेछ भन्ने अनूभूति आफूले पनि गरेको उहाँले आसय व्यक्त गर्नुभयो ।
सुकुम्बासी व्यवस्थापनलगायतका विषयमा पनि साहले बस्नेतसँग सल्लाह माग्नु भएको थियो । साहलाई बस्नेतले भूमि व्यवस्थापनका लागि बनेका सरकारी आयोगहरुसँग मिलेर अघि बढ्ने सुझाव दिनुभएको थियो । नियम–कानुन अनुसार अघि बढ्दा आफ्नो र पार्टीको सहयोग रहने आश्वासन पनि दिनुभएको थियो साहले बस्नेतसँगको भेटमा सुकुम्बासी समस्या समाधानलगायतकका विषयमा पनि आफूले सोचे जस्तो सहयोग प्राप्त नभएको गुनासो गर्नूभएको थियो ।
पाँच–सात वर्षको अवधीमा एउटा संघीय सांसदले विकास निर्माणका लागि आफ्नो निर्वाचन क्षेत्रमा खेलेको भूमिका देखेर मेयर साह दंग पर्नुभएको थियो । ‘धेरै सांसदहरु भूमिका बिहीन भयौँ भन्ने गुनासो गर्नुहुन्थ्यो,’ मेयर साहको भनाई उल्लेख गर्दै बस्नेतले भन्नुभयो, ‘तपाईँले संघीय सांसद हुँद यति धेरै बजेट ल्याएर गरेको विकास निर्माणका काम अनुकरणीय छ ।’
निर्वाचनको जनमत र देशको आवश्यकताका लागि एमाले कांग्रेसको सहकार्य देखियो । यो सम्भावना छ कि छैन ?’ भन्दै साहले प्रश्न गरेपछि जवाफमा नेता बस्नेतले तत्कालै संभव नभए पनि आवश्यकताको महशुस भने भएको बताउनुभएको थियो । प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्धालगायतका विषयमा पनि साहले चासो व्यक्त गर्नुभएको थियो ।