जुम्लामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

जुम्ला, २८ फागुन । जुम्लामा श्रीमानको कुटपिटबाटश्रीमतीको मृत्यु भएको छ ।

तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरका अनुसार आइतेलाई पक्राउ गरि
घट्नाबारे थप अनुसन्धान गरिरहेको छ ।

कुटपिटबाट बेहोस भएकी ममताको समयमै उपचार नगराउँदा मृत्यु भएको खुलेको छ । घट्नाबारे प्रहरीले शनिबार मात्र जानकारी पाएको थियो । “घट्ना कहिलेको हो खुल्न बाँकी छ”, बुढा मगरले भन्नुभयो ।