नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पाैडेलद्वारा शपथ ग्रहण

काठमाडाैं, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार पद तथा गाेपनीयताकाे शपथ ग्रहण गरेका छन्।

राष्‍ट्रपति भवन शीतलनिवासमा उनलाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ ग्रहण गराएका हुन्।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

समाराेहमा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको छ।

राष्ट्रपति पौडेललाई शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीलगायतले बधाई दिएका थिए।