नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन

कठमाडाैं, २९ फागुन । नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई संसदीय दलको उपनेतामा मनोनीत गर्नुभएकाे छ ।

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई सोमबार उपनेतामा मनोनीत गर्नुभएकाे हाे ।

नेकपा एमालेबाट उम्मेदवार रहनुभएका उपाध्यक्ष नेम्वाङ नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलसँग पराजित हुनुभएकाे थियाे ।

अध्यक्ष ओलीले आइतबार संसदीय प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनीत गर्नुभएकाे थियाे ।