९ महिलासहित २९ क्याम्पसमा अनेरास्ववियु विजयी (सूचिसहित)

काठमाडौं, २९ फागुन । विद्यार्थी संगठनमा सबै भन्दा पुरानो इतिहास बोकेको अनेरास्ववियुको इतिहास गौरवपूर्ण रहेको छ । रहेक परिवर्तनका आन्दोलनमा अग्रमोर्चामा देखिदैँ आएको अनेरास्ववियु अहिलेसम्म पनि विद्यार्थी संगठनको सबैभन्दा शक्तिशाली संगठनका रुपमा परिचय बनाउँदै आएको छ ।

अहिले मुलुकभरी त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ । यो निर्वाचनमा अनेरास्ववियुसँगै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठन मैदानमा छन् । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।

त्यसपछि निर्वाचन हुन सकिरहेको थिएन । लामो समयपछि हुन लागेको निर्वाचनमा सबै विद्यार्थी संगठन आफूलाई शक्तिशाली विद्यार्थी संगठनका रुपमा उभ्याउने कसरतमा लागेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा आगामी चैत ५, मध्यपश्चिम विश्वविद्यालयमा चैत ३ र सुदूरपश्चिम विश्वविद्यालयमा चैत ८ गते चुनाव स्ववियु चुनाव हुँदैछ । त्रिविमा विसं २०७३ मा मात्रै मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । यो पटक पनि स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन हुँदैछ ।

निर्वाचन अघिनै धेरै क्याम्पसहरुमा निर्विरोध सभापति निर्विरोध हुँदै आएका छन् । अनेरास्ववियुले अहिलेसम्म एक आंगिकसहित २९ वटा क्याम्पसमा विजयी हात पारेको अनेरास्ववियुका महासचिव नरेश रोकायले जानकारी दिनुभयो । २९ कलेजमा मध्ये ९ जना महिला सभापति विजयी भएका छन् । विजयी भएका जिल्ला, क्याम्पस र सभापतिको नामावली सूचि यस्तो छ ।

१. धनकुटा बहुमुखी क्याम्पस, सन्तोष बुढाथोकी
२. सुनकोशी बहुमुखी क्याम्पस सिन्धुपाल्चोक, हीरा थामी
३. ह्यात्रुङ झरना क्याम्पस तेह्रथुम, प्रकाश गौतम
४. कोटदेवल क्याम्पस, दैलेख, सीता कार्की
५. गरुवा वहुमुखी क्याम्पस, इलाम, गोपाल आचार्य
६. एकतप्पा बहुमुखी क्याम्पस, इलाम, प्रतीक्षा खनाल

७. स्वर्गद्वारी बहुमुखी क्याम्पस, प्युठान टेकराज केसि
८. गरामनी दुर्गा क्याम्पस झापा, सन्तोष तिम्सिना
९. मानका टीकाराम बहुमुखी क्याम्पस गुल्मी, आकाश खरेल
१०. तीनपाटन बहुमुखी क्याम्पस सिन्धुली, प्रेमबहादुर पुलामी
११. सरस्वती क्याम्पस सिन्धुली, देवराज गौतम
१२. भीमज्योति क्याम्पस सिन्धुली, लक्ष्मी श्रेष्ठ
१३. गौमती बहुमुखी क्याम्पस सिन्धुली, प्रज्वल तिमल्सिना
१४. पिण्डेश्वर विद्यापिठ, सुनसरी, एनिश रेग्मी
१५. माण्डब्य बहुमुखी क्याम्पस, पाल्पा, सरोज अधिकारी
१६. जाल्पादेवी क्याम्पस पाख्रीवास, धनकुटा, निर्मला कार्की
१७. सल्यान बहुमुखी क्याम्पस, सल्यान, राजेश ओली
१८. हिले क्याम्पस, धनकुटा, विशाल तामाङ
१९. थर्पु क्याम्पस , पाँचथर, योम्बाहाङ योङ्गहाङ्ग
२०. यासोक क्याम्पस, पाँचथर, मनोज थापा
२१. हिमशिखर बहुमुखी क्याम्पस, सुर्खेत सिर्जना रसाइली
२२. सत्यवती बहुमुखी क्याम्पस, गुल्मी अस्मिता भण्डारी
२३. रिडि बहुमुखी क्याम्पस, गुल्मी गंगा कुँवर
२४. साकेला बहुमुखी क्याम्पस, खोटाङ यम कुमार खड्का
२५. मादी बहुमुखी क्याम्पस, संखुवासभा गोपाल प्रसाईं
२६. संखुवासभा बहुमुखी क्याम्पस, आमोद कार्की
२७. बुधुक क्याम्पस मौनाबुधुक, धनकुटा, युदिन चेम्जोङ
२८. दाङ भ्याली कलेज, घोराही दाङ, प्रबिन पुन
२९. सिद्ध जनता बहुमुखी क्याम्पस दाङ, आरती चलाउने