एक हप्ता भित्र राजपत्रांकित विशिष्ट र प्रथमश्रेणीका कर्मचारीलाई व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन

काठमाडाैं, ३० फागुन । राष्ट्रिय किताबखानाले नेपाल सरकारका राजपत्रांकित विशिष्ट र प्रथमश्रेणीका कर्मचारीलाई ७ दिनभित्र आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।

निजामती किताबखानाले सचिव तथा सहसचिवसरह(राजपत्रांकित विशिष्ट र प्रथम श्रेणी)का कर्मचारीलाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने सूचना जारी गरेको हो।

यो निर्णय सबै सेवा समूहका कर्मचारीका लागि लागू हुने सूचनामा उल्लेख छ ।

किताबखानाले जारी गरेकाे सूचना