उपराष्टपतिमा राष्ट्रियसभा, संघ र प्रदेशमा कस्काे कति मत ?

काठमाडाैं, ३ चैत्र । नेपालको तेस्रो उपराष्ट्रपतिमा सत्त्ता गठवन्धनबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा सत्त्ता गठवन्धनबाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
प्रदेश सभा सदस्यबाट यादवलाई ३२९, शाक्यलाई १६९ झालाई १५ र प्रमिलालाई १ मत प्राप्त भएकाे छ भने संघीय संसदबाट यादवलाई १८४, शाक्यलाई १०४, र झालाई २३ प्राप्त भएकाे छ ।
उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट साझा उम्मेदवार रामशहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका थिए ।