ग्वार्काे चोकमा ‘फ्लाई ओभर’ बन्दै, ७५ प्रतिशत जाम न्युनिकरण हुने (भिडियो रिर्पोट)

 

ललितपुर, ५ चैत । नेपालमै पहिलो पटक ललितपुरस्थित ग्वार्काे चोकमा ‘फ्लाई ओभर’ (ओभर पास) निर्माणको काम द्रुतगतिका साथ अघि बढिरहेको छ । सममायवधि भित्रै सम्पन्न गर्ने गरी काम भैरहेको यो आयोजनाका प्रोजेक्ट म्यानेजर कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । भ्याटसहित १७ करोडको लगानीमा निर्माण भैरहेको यो आयोजना निर्माणको अवधि अझै १२ महिना बाँकी रहेको भन्दै त्यो अवधि भित्रै निर्माण सम्पन्न गर्ने पनि श्रेष्ठले जानकारी दिनुभयो ।

निर्माणधिन यो ‘फ्लाई ओभर’ मा बालकुमारी तर्फबाट २८० मिटर लामो ¥याम र सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ¥याम हुने पनि श्रेष्ठले जानकारी दिनुभयो । यसरी हेर्दा सुपर स्ट्रक्चर ३५ मिटर हुने यो ‘फ्लाई ओभर’ को जम्मा लम्बाइ ४९० मिटर हुनेछ ।

बीचको सुपर स्ट्रक्चरको लम्बाइ भने ३५ मिटर लामो हुनेछ । फ्लाई ओभरको उचाइ ६ मिटरको हुनेछ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार फ्लाई ओभरको उचाइ ६ मिटर राखिएको छ ।

नेपालमा पहिलो पटक निर्माण हुँदै गरेको योज आयोजना समयमै सम्पन्न गर्न पृष्ठभूमिमा धेरै तयारी गरेर काम अघि बढाएको भन्दै श्रेष्ठले समयमै काम सम्पन्न गर्ने कुरामा आफूहरु आशावादी रहेको बताउनुभयो ।

नेपाल सरकारको पूर्ण लगानीमा निर्माण भैरहेको यो आयोजनामा कुनै पनि अवरोधन नहुनेमा पनि आफूहरु आशावादी रहेको बताउनुभयो । धेरै प्रविधिको प्रयोग नहुने भएकाले पनि समयमै सम्पन्न हुनेमा आशावादी रहेको बताउनुभयो ।

‘फ्लाई ओभर’ निर्माणसँगै केही हदसम्म जामलाई न्युनिकरण गर्न सहयोग पुग्ने उहाँको भनाई छ । उहाँले ७५ प्रतिशत जाम हट्ने उहाँको भनाई छ । उहाँले चक्रपथको जाम न्युनिकरणका लागि अन्य ठाउँमा पनि ‘फ्लाई ओभर’ आवश्यक भएको बतानुभयो ।

यो ‘फ्लाई ओभर’ सम्पन्न भएपछि मंगलबजारबाट ग्वार्को, लुभु–लामाटार इमाडोल जाने र ग्वार्को इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारी पुलमुनिबाट चल्नेछन् । ‘फ्लाई ओभर’ बाट चक्रपथतर्फ जाने सवारी साधन चल्नेछन् । जसका कारण धेरैहदसम्म जाम न्युनिकरण हुने अपेक्षा गरिएको छ ।