फर्जी मतदान गर्ने नेविसंघ इकाइ अध्यक्षसहित १० जना पक्राउ

काठमाडौं, ५ चैत । स्वतन्त्र विद्यार्थी संघकाे निर्वाचनमा फर्जी मतदान गर्ने नेपाल विद्यार्थी संघ (नेविसंघ) इकाइ अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।
काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पसबाट जवरजस्ती फर्जी परिचयपत्र लिएर मतदान गर्न जान खोज्ने नेविसंघका १० कार्यकर्तालाई प्रहरी पक्राउ गरेको हो ।
कार्यकर्ताहरूले नक्कली परिचयपत्र बोकेर भोट हाल्न जान लागेपछि प्रहरीले गेटबाटै पक्राउ गरेको प्रहरी स्राेतले जनाएकाे छ ।