कुलमानसँग मुद्दा लडिरहेका हितेन्द्रदेवको सुझाव

लोड सेडिङलाई लोड सेडिङ भन्न डराएर ढाकछोप गर्नु अर्थतन्त्र कमजोर बनाउनु हो (भिडियो अन्तर्वार्ता)

काठमाडौं, ८ चैत । नेपाल विद्यूत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसाल उर्जामन्त्री रहेका बेला कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्दै शाक्यलाई जिम्मेवारीबाट हटाइदियो ।

योग्यता, क्षमता र दक्षताका आधारमा केपी शर्मा ओली नेतृत्वको सरकारका बेला चार वर्षका लागि कार्यकारी निर्देशक नियुक्त गरिनु भएका शाक्यलाई राजनीतिक प्रतिशोधको डण्डा चलाएर देउवा सरकारले हटाइदियो ।

सरकारको त्यो निर्णयसँग असन्तुष्ट बन्नुभएका शाक्य पुनर्बहालीको माग गर्दै न्यायको ढोका ढकढक्याउन सर्वोच्च पुग्नुभयो । २०७८ असोज ५ पछिको अवधीमा करीब १८ पटक पेशी तोकिएको छ । तर, अहिलेसम्म पनि शाक्यले न्याय पाउन सक्नु भएको छैन । तर, अझै पनि उहाँ न्यायको दियो बल्नेमा आशावादी हुनुहुन्छ ।

जीवनको उर्जाशील समय प्राधिकरणमा बिताउनु भएका शाक्य प्राधिकरणलाई मसिनो गरी बुझेका कुशल व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । व्यक्तिगत प्रचारमा भन्दा पनि काममा बढी विश्वास गर्ने शाक्यको पछिल्लो दैनिकी न्यायलको पेशी पछ्याउनेमा बढी केन्द्रित भएको छ ।

करीब ९ महिना प्राधिकरणको नेतृत्व सम्हाल्दा केही नयाँ कामको थालनी गर्नुभएका शाक्यका धेरै योजना अहिले त्यसै अलपत्र परेका छन् । हामीले उहाँसँग नेपाल विद्यूत प्राधिकरणको अवस्था, त्यसले मुलुकको अर्थतन्त्रमा पार्ने प्रभाव, उहाँले नेतृत्व सम्हाल्दा गरेको कामको फेहरिस्तलगायतका विषयमा केन्द्रित भएर कुराकानी गरेका छौँ ।

प्राधिकरणको नेतृत्वलाई उज्यालोको अभियन्ताको बोक्नै नसक्ने पगरी गुथाएको अवस्था छ । प्राधिकरण राम्ररी बुझ्नु भएका शाक्यलाई यो यथार्थ सत्य हो ? भन्ने प्रश्न पनि गरेका छौँ । उद्योग–धन्दाको विद्यूत कटौति गर्ने र अरुतिर सप्लाई गर्ने रणनीति, डेडिकेटेड फिडरको विषय, उर्जा असन्तुलनको जडलाई खोज्ने भन्दा पनि बढी प्रचारमा केन्द्रित प्रवृत्ति जस्ता विषयसँग केन्द्रित भएर पनि उहाँसँग कुराकानी गरेका छौँ ।

करीब ३० वर्षदेखि नेपाल विद्यूत प्राधिकरणको इतिहास हेर्ने हो भने एउृटा ठूलो आयोजना बनेपछि केही वर्ष लोडसेडिङ अन्त्य हुने अनि फेरि त्यहि चक्र सुरु हुने गरेको देखिन्छ । पछिल्लो चक्रमा पनि त्यसैको निरन्तरता देखिएको छ । तर, यो चक्रलाई नै ढाकछोप गरेर लोड सेसिङको अन्त्य गरेको प्रचार गर्दै एक व्यक्तिलाई उज्यालोको अभियन्ता बनाउने प्रयास अहिले पनि जारी छ ।

यो मुलुकको अर्थतन्त्रका लागि समेत र्दुभाग्य हो भन्ने ढंगबाट पनि आलोचना हुने गरेको छ । यो विषयमा पनि केन्द्रित भएर हामीले शाक्यसँग कुराकानी गरेका छौँ । उहाँसँग गरेको कुराकानीको भिडियो अन्तर्वार्ताः