गोरखाबाट पृथ्बीसुब्बाको गर्जन ‘प्रचण्ड अदृश्य भूराजनीतिक शक्तिहरुको षड्यन्त्रको खलनायक’

गोरखा, ९ चैत । नेकपा (एमाले) का उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्बीसुब्बा गुरुङले प्रचण्ड र कांग्रेसबिचको नयाँ गठबन्धन गलत नियतका साथ बनेको उद्घोष गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । उहाँले ाएमसीसी कार्यान्वयन गर्ने, एसपीपी कार्यान्वयनमा ल्याउने र नागरिकता विधेयकलाई छिटो पास गराउने गलत मनसायका साथ अहिलेको गठवन्धन बनेको उहाँले उल्लेख गर्नुभयो ।
‘पुष १० गते हामीले देशभित्रै नेपालीहरुलेनै डिजाइन गरेको गठवन्धन बनाएका थियौं तर अहिले चाहिँ अरुले कतैबाट डिजाइन गरिएको गठवन्धन बनेको छ’ उहाँले भन्नुभयो, ‘पुस १० को गठबन्धनले दक्षिणतिरको शक्ति चकित परेको र त्यो गठबन्धन रहेसम्म इण्डोप्यासफिक रणनीति पनि सफल नहुने भएकोले यस्तो खेलमा विभिन्न शक्ति लागे र सफल भए । तर, देश असफल हुने खतरा बढ्यो । नेपालको राष्ट्रिय हितमा काम गर्ने सरकार आयो भने हाम्रो प्रभाव फितलो हुन्छ भनेर जसरी पनि यो तोड्न लागि परेको स्मरण गराउँदै गराउनुभयो । ‘हामीले बिना आधारको आरोप लगाएको होइन,’ उहाँले भन्नुभयो, ‘हरेक घटनाले यसलाई प्रमाणित गरिरहेको ।’
शान्ति प्रक्रियाको कुरा झिकेर सधैं माओवादीलाई कमजोर बनाउने र त्यसबाट फाइदा उठाउने काम भारतले गरिरहेको तथ्य पनि गुरुङले गर्नुभयो । ‘अरु केही जोर चलेन भने आइसीसीको कार्ड फाल्छन्। आइसीसीको तरबार चलाउँछन्। आइसीसीको तरबार देखेपछि माओवादीहरू त्यसैत्यसै आतंकित हुन्छन्,’ उहाँले भन्नुभयो, ‘माओवादीको त्यो कमजोरी थाहा पाएपछि भारतले आइसीसीको कार्ड फाल्छन् अनि प्रचण्डजीहरू जसोजसो बाहुनबाजे उसैउसै स्वाहा गर्छन ।’
उपमहासचिव गुरुङले प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्ड भूराजनीतिक शक्तिहरुको दवाव र प्रभावमा परेको तथ्य पनि खोल्नुभयो । उहाँले नेपालका भूराजनीतिक शक्तिहरुको प्रभाव, चलखेल, जालझेल र षड्यन्त्र शुरु भएको बताउनुभयो ।
‘एमाले, नेकपा माओवादीसहितका दलले सहमति गरेर मुुलुकको स्थिरताका लागि र स्वाधनिताको रक्षाका लागि गठवन्धन बनाइएको थियो,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्ड अदृश्य भूराजनीतिक शक्तिहरुको षड्यन्त्रको खलनायकका रुपमा देखा पर्नुभएको छ ।’