वसन्त कुँवर नयाँ आईजीपी, आईजीपी भएपछि प्रचण्ड भेट्न सिंहदरबार

काठमाडौं, १० चैत । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवर नेपाल प्रहरीको प्रमुखमा नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपीका लागि एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । तर, उहाँहरु सबैलाई पछि पार्दै कुँवरले बाजी मार्नुभएको हो । तीन दिनअघि मात्रै सरकारले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो । कुँवर वरियता क्रममा १ नम्बरमा हुनुहुन्थ्यो ।

कुँवरले २०८१ चैतसम्म नेपाल प्रहरीको आईजिपी सम्हाल्नु हुनेछ । हालका आईजिपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउने भएपछि आजै नयाँ आइजीपी सरकारले छानेको हो ।

उहाँ गत असारमा एसएसपीबाट पहिलो नम्बरमा डीआईजीमा बढुवा हुनुभएको थियो । उहाँ कांग्रेस निकट मानिनुहुन्छ । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले बसन्त कुँवरलाई लिएर सिंहदबार पुग्नु भएको छ । सरकारले कुँवरलाई आईजीपीमा नियुक्त गरेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न सिंहदबार उहाँहरु पुग्नु भएको हो ।