९० वर्ष माथिका नागरिक १० हजार ४२४, दुई लाख ६० हजार नागरिक खरको छानामुनि (पूर्णपाठसहित)

काठमाडौं, १० चैत । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको छ । तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी १५ देखि १९ वर्ष समूहका नागरिक रहेका छन्। तथ्याकं अनुसार यो उमेर समूहको जनसंख्या २९ लाख ६६ हजार ४०४ छ ।

१० देखि १४ वर्ष उमेर समूहका १० प्रतिशत नागरिक रहेका छन् भने ९० देखि ९४ वर्ष उमेर समूहका १७ हजार २१५ जना र ९० वर्ष माथिका १० हजार ४२४ जना देखिएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार ४१.९ प्रतिशत परिवारको छाना जस्ता,टिन,च्यादरबाट बनेको देखिएको छ।

३७.८ प्रतिशतको सिमेन्ट, ढलानबाट, ९.२ प्रतिशतको टायल,खपटा, झिँगटीबाट बनेको देखिएको छ । ३.९ प्रतिशत खर, पराल, छ्वालीबाट बनेको देखिएको छ। यस्तो घर परिवार संख्या दुई लाख ६० हजार ६ रहेको छ।