एमाले केन्द्रीय कमिटीकाे पाँचाैं बैठक : दाेस्राे दिन (१८तस्बिर)

काठमाडाैं, २९ वैशाख । नेकपा एमालेकाे केन्द्रीय कमिटीको पाँचाैं बैठक आज दाेस्राे दिन पनि बस्दै छ । आजको बैठकमा पनि बिहीबार पेस गरिएका प्रतिवेदनमाथि समूहगत छलफल हुने जनाइएकाे छ ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बिहीबार पेस गरिएका राजनीतिक र मिसन ग्रासरुट अभियानको समीक्षा प्रतिवेदनमाथि समूहगत छलफल हुने छ ।

आठ समूहमा केन्द्रीय सदस्यले छुट्टछुट्टै मिसन ग्रासरुट अभियानको समीक्षा गर्ने छन् । सात प्रदेश र एक गैरभौगोलिक समूह बनाइको छ ।

बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।(१८ तस्बिर)