भ्रष्टाचारविरुद्धको आन्दोलनमा जेहाद छेड्दै एमालेका हजारौं युवा–विद्यार्थी सडकमा (भिडियो रिर्पोट)

काठमाडौं, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एकपछि अर्को गर्दै राजनीतिक दलमा संलग्न विशिष्ठ व्यक्तिहरुसँगै सरकारी उच्च ओहदामा रहेका व्यक्तिहरु समेत तानिन थालेपछि भ्रष्टाचार विरुद्धको आन्दोलन जेठको प्रचण्ड गर्मी जस्तै रापिलो र तापिलो बन्न थालेको छ । आफूलाई अभियन्ता भन्नेहरु मात्रै होइन पूराना र ठूला राजनीतिक दल पनि अहिले भ्रष्टाचार विरुद्धको आन्दोलनमा सडकमै उत्रिन थालेका छन् ।

नेकपा (एमाले)का सचिव समेत रहेका टोपबहादुर रायमाझी समेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले सचिव पदबाट निलम्बन गरेर भ्रष्टाचारविरुद्ध आन्दोलनमा आफ्नो दलको समर्थन रहेको सन्देश दिएको छ । रायमाझी जस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । तर, अहिलेसम्म कांग्रेसले खाँडलाई निलम्बन गर्ने ल्याकत राख्न सकेको छैन । तर, एमालेले भने प्रकरणमा मुछिने वित्तिकै रायमाझीलाई निलम्बन गरेर प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरेको थियो । अहिले रायमाझी पनि पक्राउ परिसकेका छन् ।

नेकपा (एमाले) मात्रै होइन अहिले एमाले निकट जनवर्गीय संगठनहरु पनि भ्रष्टाचार विरुद्धको आन्दोलनको जेहाद छेड्दै सडकमा उत्रिएका छन् । आज युवा–विद्यार्थी विदवसको अवसर पारेर अनेरास्ववियु र युवा संघ नेपालले बृहद् प्रर्दशनको आयोजना गरेका थिए । प्रदर्शनी मार्गबाट सुरु भएको बृहद् प्रर्दशनमा दोषी नछुटुन्, निर्दोष नफसुन् भन्ने व्यानरमुनि अन्य जनवर्गीय संगठनहरुको पनि उत्साहजनक उपस्थिति रहेको थियो ।

पछिल्लो समय एमालेलाई सबै भन्दा बढी आरोप लग्ने गरेका काण्ड भनेका ओम्नी र यति हुन् । आजको प्रदर्शनमा सहभागी अधिकांश युवा–विद्यार्थीका हातहातमा प्लेकार्ड थिए । ती प्लेकार्डमा एमालेलाई आरोप लाग्ने गरेका ओम्नी र यति काण्ड समेत छानविन गर्न चुनौति दिइएको थियो भने अन्य भ्रष्टाचारका काण्डका समेत फायलहरु निर्वाधरुपमा खोल्न प्रचण्ड सरकारलाई चेतावनी दिइएको थियो ।

प्रर्दशनी मार्गबाट सुरु भएको भ्रष्टाचारविरुद्धको प्रर्दशन पुतली सडकहुँदै प्रज्ञा प्रतिष्ठानको भवनतर्फ अघि बढ्दै गर्दा पसलपसल र बाटोबाटोमा उभिँएर खिचिरहेका रोमाञ्चक दृष्यहरु देखिएका थिए ।

जेठ महिनाको पहिलो दिनको प्रचण्ड गर्मीमा प्रज्ञा भवनका पानीको फोहराहरु चलिरहेका थिए भने प्रज्ञा भवनको प्रवेशद्वारबाट भ्रष्टाचार विरुद्धका गगनभेदी नारा लगाउँदै हजारौँ मानिसहरु प्रवेश गरिरहेको दृष्य थप रोमाञ्चक देखिएको थियो । बृहद् प्रर्दशनसँगै प्रज्ञा भवनमा सुरु भएको कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नक्कली भुटानी शरणार्थी काण्डमा मात्रै होइन माओवादीका नेता जनार्दशन शर्मा अर्थमन्त्री रहेका बेला भएको नीतिगत भ्रष्टाचारलगायतका काण्डहरुको पनि छानविन गर्न प्रचण्ड सरकारलाई चुनौति दिनुभयो ।

एमाले पोलिट्व्युरो सदस्य महेश बस्नेतले जुनसुकै भ्रष्टाचार विरुद्धका आरोपहरु छानविन गर्न प्रचण्ड सरकारलाई चुनौति दिदैँ । आफूहरु ओम्नी यति काण्डहरुको छानविनका लागि तयार भएको दाबी गर्नुभयो ।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनीतिक दलहरुलाई आरोप मात्रै लगाउने होइन आफू गृहमन्त्री भएका बेला गरेका नीतिगत भ्रष्टाचारको समेत छानविनमा सहयोग गर्न चेतावनी दिनुभयो ।

अनेरास्ववियुको पूर्व अध्यक्ष एवं एमाले केन्द्रीय सदस्य माधव ढुंगेलले पनि भ्रष्टाचाको आरोप लगेको सबै काण्डहरुको छानविन होस् भन्दै एमालेलाई समाप्त गर्न लगाउने आरोपहरुको कुनै तुक नभएको दाबी गर्नुभयो ।

युवा संघका अध्यक्ष क्षितिज थेवेले दोषी उम्किने र निद्रोषलाई फसाउने खेल नखेल्न चेतावनी दिदैँ भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउन युवा संघको साथ रहने बताउनुभयो ।