नीति तथा कार्यक्रम पुनर्लेखन गर्न एमाले अध्यक्ष ओलीको सुझाव

काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न सुझाव दिनुभएको छ । आज संसदमा सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । ‘यो नीति तथा कार्यक्रम पुनर्लेखन गर्न सुझाव दिन्छु,’ उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम फिर्ता लिनुहोस, देशका नीम्ति बनाउनु होस् । देशको अर्थतन्त्र अघि बढाउने बनाउनुहोस । फिर्ता लिएर पुनर्लेखन गर्नुहोस, हामी सहयोग गर्छौ ।’
उहाँले आफ्नो नेतृत्वको सरकारका पालमा विकार समृद्धिका धेरै काम भएको बताउनुभयो । उहाँले धरहरा आफ्नो पालामा पुर्ननिर्माण भएको भन्दै भीमसेन थापाका पालामा बनेको भन्दै प्रश्न गर्नुभयो । ‘धरहरा भिमसेन थापाले बनाउनु भएको हो । त्यो धरहरासँग तपाईँहरुको दुस्मनी किन ?,’ उहाँले भन्नुभयो ।