नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाइयो

काठमाडौं ८ जेठ । नक्कली शरणार्थी बनाउने प्रकरणको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको छ । प्रहरीले यस प्रकरणमा झन्डै २७ करोडको बिगो रकम माग गर्नुपर्ने उल्लेख गरेको छ। प्रहरीले चैत १२ गतेदेखि सुरू गरेको अनुसन्धान आज सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । भ्रष्टाचारको विषयमा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखि पठाउने राय पनि प्रहरीले दिएको छ । त्यस्तै सार्वजनिक पद धारण गरेका बाहेकको हकमा भने अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई लेखी पठाउने राय पनि प्रहरीले दिएको छ ।