नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, १८ जेठ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट परेकाे छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको निर्णयलाई मान्यता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दिनुभएकाे हाे ।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए ।

रिटमा निवेदकहरुले राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गर्दै प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन भनेका छन् ।