गठबन्धनलाई विश्वासको मत दिने चरण समाप्त भयोः राजेन्द्र लिङ्देन

काठमाडौं, १२ भदौ । उहाँले कोशी प्रदेशमा राप्रपाले सत्ता गठबन्धनलाई सहयोग गर्ने कुनै सम्झौता नभएको दाबी गर्नुभयो । केन्द्रमा पूर्वाधार समितिको सभापति पाएको विषयलाई लिएर कोशीमा लेनदेन गर्यो भनेर प्रचार गरेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उहाँको भनाई छ ।

समितिको सभापति लिनका लागि राप्रपाले कुनै लेनदेन नगरेको उहाँले प्रष्ट पार्नुभयो । ‘कोशी प्रदेशमा सत्ता गठबन्धनका केही साथीहरुले तोकेरै सभामुख र एउटा मन्त्री राप्रपाले लिएर गठबन्धनलाई सहयोग गर्ने सहमति भएको भनेर प्रचार गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘चाहेर पनि गठबन्धनलाई समर्थन गर्ने र विश्वासको मत दिने त्यो चरण नै समाप्त भइसकेको छ ।’ लेनदेनमा सहमति भयो भनेर गरिएको प्रचार सरासर झुटो भएको उहाँको भनाई छ ।

कोशी प्रदेशमा सभामुख फालाफाल भएकाले राप्रपाले सभामुख मागिरहन नपर्ने उहाँले बताउनुभयो । ‘राप्रपाले कोशीमा सभामुख मागिराख्नै पदैन्,’ उहाँले भन्नुभयो, ‘सभामुख फालाफाल छ, यसमा हामीले कुनै सर्त राख्नै पर्दैन् ।’ राप्रपाको लागि सभामुख र मन्त्री प्राथमिकताको विषय नभएको उहाँको भनाई छ ।