स्विजर्ल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभएनपिक’ अब नेपालमा पनि

काठमाडाैं, १४ भदाै । स्विजर्ल्याण्डको प्रसिद्ध आइसक्रिम ‘मुभएनपिक’ अब नेपालमा पनि पाइने भएकाे छ ।

केएल दुगड समूहद्वारा आयात गरिएको ‘मुभएनपिक’ आइसक्रिम अब नेपाली बजारमा उपलब्ध भएको छ।

आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ।

काठमाडौंको ठमेल स्थित ठमेल – द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन
भएको छ। स्टोर दैनिक बिहान एघार बजे देखि रातिकाे एघार बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहेर, यो स्टोर आइसक्रिम उत्साहीहरूका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विश्वास रहेको छ।