राधाकृष्णको भेषमा बालबालिका १० तस्बिर

काठमाडौं, २० भदौ । हिन्दू धर्म अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन रहँदै आएको छ ।

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । त्यसैगरी आज आफ्ना साना–साना बच्चालाई कृष्ण बनाउने चलन छ ।

छोरालाई कृष्ण र छोरीलाई राधाको पोशाकमा सजाएर रमाईलो गर्ने चलन पनि छ । राधा–कृष्णको पोशाकमा सजिएका बालबालिकाका १० तस्बिर ।