लुम्बिनी हाँक्ने एमालेका विजयी उम्मेदवार कस्ले पाए कति मत ? (मतसहित)
बुटवल, २० भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको प्रथम अधिवेशन निर्वाचनसँगै नयाँ नेतृत्व चयन गरेर सम्पन्न भएको छ । बुटवलमा सम्पन्न अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित हुनुभयो ।
उहाँले प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी हात पार्नुभएको हो । कँडेल निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाएर कँडेल विजयी हुँदा प्रतिस्पर्धी रिजालले ४७७ मत पाउनु भयो । मंगलबार भएको मतदानमा कुल १ हजार ५ जना प्रतिनिधि मध्ये ९६५ मत खसेको थियो ।
मतगणनाको सुरुवातदेखि नै अगाडि रहे पनि अन्तिममा नतिजा रिजालको विपक्षमा आएको हो । पदाधिकारीमा सचिवसहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित हुँदा पाँच पदाधिकारीमध्ये चार पदमा निर्वाचन भएको हो ।
उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी हुँदा विश्वराज बराल अनुपले ३०६ मत ल्याउनुभयो । सचिवमा दाङका लक्ष्मण आचार्य निर्विरोध निर्वाचित हुनुभएको थियो ।
अन्य उपाध्यक्षमा बाँकेका पुजन विश्वकर्माले ९८, रुकुमका शान्तकुमार वलीले ५६ मत ल्याउनु भयो । उपसचिव खुलामा पूर्ण बुढामगर ४१८ मत ल्याएर विजयी हुनुभयो । दुर्गाप्रसाद थारू चौधरीले ३९३, उपेन्द्रलाल कामीले ११० मत ल्याउनुभयो ।
महिला उपसचिवमा लिला रानामगर ३५२ मत ल्याएर विजयी हुँदा बसन्ती अधिकारीको ३५१ र आरती पौडेलको २२१ मत आयो । लेखा समिति अध्यक्षमा दामोदर घिमिरे विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी विष्णुराज बीसीलाई २०७ मत अन्तरले पराजित गर्नुभयो । लुम्बिनी प्रदेशमा कस्ले कति मत ल्याए (सूचि हेर्नुहोस्) result final