हितैषी मित्र र सुख–दुःखको साथी गुमाएँः ओली

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको असामयिक निधनप्रति भावपूर्ण समवेदना प्रकट गर्नुभएको छ । ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले लेख्नु भएको छ, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौ। मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !’