माओवादी नेता दीपशिखा प्रेस्किप्सन बिनाको औषधी लिएर जाँदा कोरियाली प्रहरीको अनुसन्धानमा

काठमाडाैं, २ असाेज । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ कोरियाली प्रहरीको अनुसन्धानमा परेकाे छ ।
गत १० अगस्टमा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहेको हाे
इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले समातेका थिए ।
दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएकाे श्राेतले बताएकाे छ ।
कोरियास्थित नेपाली राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरिरहेकाे जनाएकाे छ ।
दूतावासको अनुरोधपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाएका थिए । अनुसन्धान नसकिएसम्म दीपशिखाले कोरिया छोड्न पाउने छैनन्।