एमालेको ‘सेल्फी विथ नेशनल फ्ल्याग’ अभियानले राष्ट्रिय झण्डामय बन्यो नारायणचौर (१० तस्बिर)
काठमाडौं, ३ असोज । आज संविधान दिवस अर्थात असोज ३ गते । तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको दिन । आज त्यहि दिनको सम्झनामा नेकपा (एमाले)ले नारायणचौर (नन्दीकेशर बगैंचा) नक्सालमा ‘सेल्फी विथ नेशनल फ्ल्याग’ कार्यक्रम गरेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली त्यहाँ धर्मपत्नी राधिका शाक्यसहित पुग्नु भएको छ । अन्य नेताहरु पनि हात–हातमा राष्ट्रिय झण्डा बोकेर नारायणचौर पुगेका छन् । नारायणचौर आज राष्ट्रिय झण्डासहितको उपस्थितिले धपक्कै बनेको दृष्य देखिएको छ । हात–हातमा राष्ट्रिय झण्डा बोकेर नारायण चौर पुगेका आम नेता–कार्यकर्ताहरुले संविधान दिवसलाई उत्सवमय बनाउन एक–अर्काबिच सेल्फी खिचिरहेका छन् ।