सुनिताले स्वास्थ्यको ख्याल गर्नु भनेपछि ईःको जवाफः तपाईं प्रधानमन्त्री भएको देख्न चाहन्छु (भिडियो)

काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नुपर्ने मागसहित विरोधमा राष्ट्रिय सभागृह अघि उभिनु भएका ईःलाई भेट्न आज विहानै सभागृह पुग्नु भएको छ । राष्ट्रिय सभागृहको गेटमै भेट्न पुग्नु भएकी उपप्रमुख डंगोलले करीब २० मिनेट जति उहाँसँग कुराकानी गर्नुभयो ।

मानवीय संवेदनाका हिसावले पनि भेट्नुपर्छ भनेर भेट गरेको डंगोलको भनाई छ । उपमेयर डंगोल जनताका कुरा तर्कसंगत छन् वा छैनन् त्यो फरक कुरा भएको भन्दै कुरा सुन्नुपर्ने बताउनुहुन्छ ।

काठमाडौं महानगरपालिका भित्र व्यवस्थापन गर्नुपर्ने धेरै कुराहरु भएको भन्दै डंगोलले त्यो नयाँ नेतृत्वका लागि चुनौति सँगै अवसर पनि भएको उल्लेख गर्दै केन्द्र सरकारबाट काठमाडौं महानगर केन्द्रित मात्रै नभएर एकीकृत हिसावले नीति ल्याउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले समन्वयका लागि महानगर तयार रहेको पनि उल्लेख गर्नुभयो ।

१६५ घण्टा भन्दा बढी समयदेखि उँभिएका ईः ले सडक, साइकल, गाडा र परम्परागत खर्पनमा बोकेर व्यापार गर्नेहरु र हुँदा खाने वर्गलाई बैकल्पिक स्थान र समयमा सामान्य शुल्क लिएर व्यवस्थापन हुनुपर्छ भन्दै चुनाव अघि उहाँहरुले गरेका प्रतिवद्धता सम्झाएको उल्लेख गर्नुभयो । उक्त विषयमा उपेयर डंगोल सम्वेदनशीले देखिनु भएको भन्दै ो स्वागतयोग्य कुरा भएको उल्लेख गर्नुभयो ।

उहाँले मेयर बालेन साह भने मागप्रति संवेदनशील नभएको बताउनुभयो । ईः ले पहिलाको भन्दा नयाँ नेतृत्व फरक हुनलाई युवा मात्रै भएर नहुने भन्दै न्युनतम शर्त जवाफदेहिता रहेको उल्लेख गर्नुभयो ।

उमेयर डंगोलसँगको कुराकानीमा ईः ले भविष्यको प्रधानमन्त्री देखिरहेको छु भन्दै उहाँले देखाएको व्यवहारिकताको प्रशंषा गर्नुभयो । डंगोलले पनि मागप्रति सकारात्मक रहेको भन्दै यस्तो समस्या सबैतिर भएकाले यसकोे हलका लागि संघीय सरकारले पनि पहल गर्नुपर्नेमा जोड दिनुभयो । सडक व्यवसायी झलप्रसाद गेलाले सडकमा बस्नु रहर नभएर वाध्यता भएको बताउनुभयो ।