बागमती एमालेमा कैलाश ढुंगेलको अग्रता कायमै

काठमाडौं, १२ असोज । नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशनमा कैलाश ढुंगेलले सुरुवाती अग्रता कायम राख्नु भएको छ । उहाँले ५८२ गणना हुँदा ३५६ मत ल्याउनु भएको छ । अध्यक्षका अर्का प्रत्यासी कृष्ण दाहालले २२६ मत ल्याउनु भएको छ ।

सचिवमा नवराज सिलवाल २९८ र हस्त पण्डितले २८४ मत ल्याउनु भएको छ । अब २० वटा मेशिनको गणना हुन बाँकी छ । बागमतीको नयाँ नेतृत्व छनोटको निर्वाचनमा ११ सय ६७ मध्ये ११ सय ३५ मत मात्रै खसेको थियो । बागमतीको निर्वाचनमा ३२ मतदाता अनुपस्थित रहेका थिए ।