नेप्से परिसूचक घटेर बन्द, ६ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडाैं, १४ असाेज । आइतबार नेप्से परिसूचक घटेर बन्द भएकाे छ । नेप्सेसंगै यसदिन ६ कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएकाे हाे ।

यस दिन नेप्से परिसूचक ३३.२० अंक घटेर १९७१.१० विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५५ अंक घटेको छ ।

यस दिन २८४ स्टकको ८२ हजार ८०० पटकको कारोबारमा १ अर्ब ८३ करोड ४ लाख ८६ हजार रुपैयाँ बराबरको ६७ लाख २३ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन ६ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सनराइज फस्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर, सिटिजन लाइफ इन्स्योरेन्स र मेन्छियाम हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे।

त्यसैगरी, यस दिन स्वाभिमान लघुवित्त, अप्पर सोलु हाइड्रो, अप्पर लोहोरे खोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ। कारोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयर यस दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.३२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन सिटिजन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन १४ करोड ७३ लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।