हिंसा सुरु गरेको दिनलाई उत्सव नमान्ने संसदमा ओलीको उद्घोष (उहाँकै शब्दमा जस्ताको तस्तै)
काठमाडौं, १६ असोज । हामी शान्ति प्रक्रियाका काम छिटो भन्दा छिटो सम्पन्न गर्न चाहन्छौं, हामी त्यो भनिरहेका छौँ । म प्रधानमन्त्री भएका वखत वर्तमान प्रधानमन्त्री सत्तारुढ दलको सह–अध्यक्ष हुनुहुन्थ्यो । मैले प्रधानमन्त्रीको हैसियतमा शान्ति प्रक्रियाका सबै काम टुङ्याउन खोज्दा मेरो साथ मै रहेका सह–अध्यक्षबाट मैले सहयोग पाइन । समितिको नामलाई एक वर्ष, समितिमा बस्ने मान्छेको नाम दिन अर्को एक वर्ष ओहो ?
मैले त्यतिबेला के भने ? शान्तिसम्झौताका बेला माननीय शेरबहादुर देउवा सत्तापक्षमा हुनुहुन्थ्यो । तपाईँ द्वन्द्वको अर्को पक्ष हुनुहुन्थ्यो । म अहिले तटस्थ व्यक्ति छु, अहिले सजिलो छ । तपाईँहरु दुई जनाले शान्ति प्रक्रियालाई टुङ्ग्याउने प्रस्ताव ल्याउनुहोस म पञ्जापत्र गर्न तयार छ । पुगेन भने पइतालाका डाम पनि राख्न तयार छु भने । त्यसलाई टुङ्याउ भनेर मैले आग्रह गरेँ । अनुनय, विनय गरेँ ।
तर, तपाईँहरुलाई शान्ति प्रक्रिया टुङगोमा पुर्याउने होइन जस कस्ले लिन्छ भन्ने चिन्ता थियो । शान्ति प्रक्रिया टुङ्याउने कुरामा केपी ओलीलाई किन श्रेय दिने भन्ने तपाईँहरुको सोँचका कारण त्यो सफल भएन । त्यसैले अहिलेसम्म शान्ति प्रक्रिया लड्किएको छ । किन लड्कियो शान्ति प्रक्रिया ? शान्ति प्रक्रियालाई सत्ता प्राप्तिको भर्याङ बनाइरहनु भएको छ ।
सम्माननीय प्रधानमन्त्री युद्धका खाटा, घाउ सधैँका लागि निको पारौँ भन्ने हाम्रो प्रयासहरुलाई असफल पार्ने र परिस्थितिलाई भड्काउने दाउमा हुनुहुनछ । शान्ति प्रक्रियाको टुंगो होइन युद्ध प्रक्रियाको सुरुवात गर्न खोज्दै हुनुहुन्छ ।
विस्मृतिमा राख्नुपर्ने कहाली लाग्दो त्यस बेलाको द्वन्द्वको भोगाइलाई उधिनेर पीडित र परिवारजनलाई खाटा बसेको घाउलाई उक्काएर नुनचुक लगाएर फेरि नयाँ द्वन्द्वकोे चक्र सिर्जना गर्न खोज्दै हुनुहुन्छ ।
विस्मृतिमा राख्नुपर्ने कहाली लाग्दो त्यस बेलाको द्वन्द्वको भोगाइलाई उधिनेर पीडित र परिवारजनलाई खाटा बसेको घाउलाई उक्काएर नुनचुक लगाएर फेरि नयाँ द्वन्द्वकोे चक्र सिर्जना गर्न खोज्दै हुनुहुन्छ ।
यो म किन भनिरहेको छु भने हिजोका कुरा विर्सिएर मेलमिलापका साथ अघि बढ्नु पर्ने बेलामा हिंसा सुरु गरेको दिनलाई राष्ट्रिय उत्सवका दिनमा घोषणा गर्नुभयो । भोज खाउ, नाचगान गर, बाजा बजाउ भनेर त्यसका लागि विदा दिनुभयो । त्यो पनि एक वर्षका लागि मात्रै होइन हरेक वर्षका लागि । यो विदा मान्य छैन ।
प्रधानमन्त्रीज्युले माघ मसान्तमा मसँग फागुन १ गते विदा दिने कुरा गर्नुभयो, मैले प्रधानमन्त्री स्वयंलाई भने– यो बसिसकेको घाउका खाटा कोट्याएर नुनचुक लगाउने काम किन गर्ने ? युद्ध घोषणा गरेको दिन कुनै राष्ट्रको उत्साह, उल्लास र उत्सवको दिन हुन सक्दैन ।
प्रधानमन्त्रीज्युले माघ मसान्तमा मसँग फागुन १ गते विदा दिने कुरा गर्नुभयो, मैले प्रधानमन्त्री स्वयंलाई भने– यो बसिसकेको घाउका खाटा कोट्याएर नुनचुक लगाउने काम किन गर्ने ? युद्ध घोषणा गरेको दिन कुनै राष्ट्रको उत्साह, उल्लास र उत्सवको दिन हुन सक्दैन ।
हामीले युद्ध विराम किन गर्नुपर्यो ? शान्ति प्रक्रियामा किन प्रवेश गर्नु पर्यो ? बृहद शान्ति सम्झौता किन गर्नुपर्यो ? त्यो बाटो ठिक नभएर हामीले शान्तिको बाटो रोजेको हो । अनि हिंसा सुरु गरेको दिनलाई तपाईँ उत्सव बनाउने ? विदा दिने ? हिंसा सुरु गरेको दिन हामी भोज खाएर, नाचेर, गाएर हिड्नु पर्ने ? सहिदका परिवारलाई पठाउने जिम्मा नलिने अनि उत्सव मनाउने ? घाइतेहरुको उपचार नगर्ने अनि तपाईँ उत्सव मनाउँने ? भनेर भने ।’
सरकारी कर्मचारी, शिक्षक कर्मचारी सबैलाई विदा दिएर उत्सव मनाउनु पर्ने ? के–हो विदा भनेको ? के–का लागि विदा दिनुभयो ? त्यसकारण नेपाल र नेपाली जनताका लागि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाउन मञ्जुर छैन । हामी त्यसरी उत्सवका रुपमा मनाउन तयार छैनौँ । हामी छुट्टि मनाइ–मनाई खुशियाली मनाउन, भोजभतेर गर्न तयार छैनौँ । आउने मन्त्रिपरिषद्बाट त्यो निर्णय फिर्ता लिनुहोस् । यो पटक पनि क्यालेण्डरमा राखिएको छ, राष्ट्रिय विदा । कुन खुशियालीमा त्यो विदा ? कुन खुशियालीमा ?? के उत्सव मनाउनका लागि विदा ?
नेपाली कांग्रेसका पनि चार–पाँच सय कार्यकर्ता रेटिएका, मारिएका होलान । सरकारमा सहभागि हनु त्यस्ता कुरा छाडे पनि हुन्छ भन्ने लागेको होला । मेरो समर्थनमा नै उहाँ प्रधानमन्त्री हुनुभएको थियो । मैले प्रधानमन्त्रीज्युलाई यो विदा पनि नगर्नुहोस् । यो उत्सव पनि हुन सक्दैन भनेर भने ।
नेपाली कांग्रेसका पनि चार–पाँच सय कार्यकर्ता रेटिएका, मारिएका होलान । सरकारमा सहभागि हनु त्यस्ता कुरा छाडे पनि हुन्छ भन्ने लागेको होला । मेरो समर्थनमा नै उहाँ प्रधानमन्त्री हुनुभएको थियो । मैले प्रधानमन्त्रीज्युलाई यो विदा पनि नगर्नुहोस् । यो उत्सव पनि हुन सक्दैन भनेर भने ।
मैले त्यसो भन्दा प्रधानमन्त्रीले के जवाफ दिनुभयो भने– ‘मैले शेरबहादुर देउवाजीसँग कुराकानी गरिसकेँ । उहाँले मानिसक्नु भएको छ, मञ्जुर गर्नुभएको छ । हुन्छ भन्नुभएको छ । म अब अघि बढ्छु, उत्सव मनाउँछु र विदा पनि दिन्छु । म प्रधानमन्त्री भएपछि सबैको उत्सवको दिनका रुपमा किन नमनाउने भनेर जवाफ दिनुभयो ।’ मैले संभव छैन भने ।
उहाँले बलजफ्ती विदा घोषणा गर्नुभयो र शान्तिको प्रयास गर्ने हामीलाई मुखतोड जवाफ दिनुभयो । उहाँ तिमीहरुको शान्तिको प्रयासलाई हिंसाको जयगानबाट जवाफ दिन्छु भनेर हिँड्नुभयो । उहाँ अहिले पनि हिंसाको जयगानमा तल्लिन हुनुहुन्छ । त्यो उहाँको व्यवहारले देखाएको छ । हिंसा सुरु गरेको दिनलाई उहाँले विदा गरेर उत्सव मनाउने कुरा स्वीकार्य छैन । विदा फिर्ता लिनुहुन्न भने त्यसका विरुद्ध कमद चाल्नुपर्ने हुन्छ ।
हामीले शान्ति प्रक्रियामा सहमति जनाएका हौँ, शान्तितर्फ जाने कुरामा सहमति जनाएका हौँ । हिंसालाई स्वीकार गरेर, हिंसालाई जयगान गाएर जान खोजेको होइन । द्वन्द्वकाल जेसुकै कारणले होस् उपयुक्त थिएन । जो–जो सहभागी भए त्यो उपयुक्त थिएन । अनावश्यक ढंगले मान्छे मरे । त्यो दुखद् च्याप्टरलाई अन्त्य गरौं शान्ति प्रक्रियालाई अघि बढाउँ भन्ने हाम्रो कुरा हो ।
हामीले शान्ति प्रक्रियामा सहमति जनाएका हौँ, शान्तितर्फ जाने कुरामा सहमति जनाएका हौँ । हिंसालाई स्वीकार गरेर, हिंसालाई जयगान गाएर जान खोजेको होइन । द्वन्द्वकाल जेसुकै कारणले होस् उपयुक्त थिएन । जो–जो सहभागी भए त्यो उपयुक्त थिएन । अनावश्यक ढंगले मान्छे मरे । त्यो दुखद् च्याप्टरलाई अन्त्य गरौं शान्ति प्रक्रियालाई अघि बढाउँ भन्ने हाम्रो कुरा हो
पीडितहरुलाई रुवाएर, घाउमा नुनचुक लगाएर तपाईँ शान्ति प्रक्रियाका कुरा गर्ने ? त्यसैले फेरि पनि भन्न चाहन्छु– आगामी मन्त्रिपरिषद्को बैठले फिर्ता गर्नुहोस् । म क्लीयर भाषामा भन्छु– फिर्ता गरिनुपर्छ, यो स्वीकार्य छैन । यदि फिर्ता लिनुहुन्न भने उहाँले युद्ध त्याग्नु भएको छैन भन्ने स्पष्ट पर्छ ।
अहिलेको संविधान, अहिलेको शान्ति प्रक्रियालाई रणनीतिक प्रयोग मात्रै गरेको हो भन्ने देखिन्छ । नेपालमा शान्ति स्थापना, शान्ति प्रक्रियालाई टुङ्याउने कुरा र दिगो शान्तिका लागि यो शुभ संकेत होइन । हामी नेपालमा दिगो शान्ति स्थापना चाहन्छौँ । विगतका घाउहरु अर्कालाई दुख्ने गरी कोट्याउनतर्फ नजाऔँ । हिमाल, पहाड, तराईमा द्धन्द्धको विद्येश फैलाएर द्धन्द्धको आहालमा राज गर्ने उदेश्य देखिन्छ ।
यसै प्रयोजनका लागि दुरुपयोग भएको छ । आम जनताप्रति राजनीति प्रति वितृष्णा फैलाउने काम यस गठबन्धनको क्रियाकलापले गरेको छ ।
(संसदमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शसस्त्र युद्ध सुरु भएको दिनमा विदा दिन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकाले गरेको निर्णयबारे व्यक्त गर्नुभएको धारणा जस्ताको तस्तै)