बिपी राजमार्गकाे सुन्दरबस्तीमा मिनीबस दुर्घटना, एकको मृत्यु, आठ घाइते

काभ्रेपलाञ्चोक, १ कात्तिक । काभ्रेपलाञ्चोकको बिपी राजमार्गअन्तर्गत पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान मिनीबस दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

काठमाडाैँबाट इलामतर्फ जाँदै गरेको बा ०३–००१ ज ०२९८ नंको गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो । दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् ।