उपत्यका छाडेर दसैं मान्न गाउँ फर्किनेको लर्को (१५ तस्बिर)

काठमाडौं, ३ कात्तिक । दसैंमा मनाउन काठमाडौं उपत्यका छाड्नेहरुको लर्को घटस्थापनाको दिनदेखि नै लाग्न थालेको छ । उपत्यकाका मुख्य गरेर चार नाका कोटेश्वर–जटिबुटी, कलंकी–नागढुंगा, बल्खु–फर्पिङ र बालाजु–मुर्खुहुँदै दसैंका लागि उपत्यका छाड्नेहरुको लर्को लागेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बहिबारसम्म साढे ३ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् भने आज पनि उल्लेख्य मात्रामा उपत्यका छाड्दै छन् ।

‘फुलपातीबाट सरकारी कार्यालयहरु समेत विदा हुने भएकाले भोलि र पर्सिदेखि बाहिरिनेको संख्या अझ बढ्ने अनुमान गरिएको छ । आज भक्तपुर हुँदै उपत्यका छाड्नेहरुका कारण सवारीको लर्को लागेको छ । १५ तस्बिर