संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले लुम्बिनीमा डेढ घण्टा विताउँदै, यस्तो छ तालिका

काठमाडौं, १४ कात्तिक । संयुक्त राष्ट्र संघका महासचिव एन्टोरियो गुटेरेस आज बिहान ९ बजे लुम्बिनी पुग्ने कार्यक्रम रहेको छ । लुम्विनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले मैत्रिन्युजलाई दिएको जानकारी अनुसार महासचिव गुटेरेस करीब डेढ घण्टा लुम्बिनीमा रहनुहुने छ । उहाँको भ्रमणका लागि लुम्बिनी विकास कोषले भ्रमणको अन्तिम तयारी गरेको पनि शाक्यले जानकारी दिनुभयो ।

९ बजे लुम्बिनी पुगेपछि महासचिव गुटेरेसले मायादेवी मन्दीरको दर्शन गर्ने, वृक्षारोपन गर्ने, स्थानीयको स्वागत कार्यक्रममा सहभागी हुने, दीप प्रज्जवलन गर्नेलगायतका कार्यक्रम रहेका छन् । उहाँ अन्तिममा पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।

सदस्य सचिव शाक्यले महासचिव लुम्बिनी आउने कुरा नेपाल र नेपालीका लागि गौरवको बिषय भएको भन्दै उहाँको भ्रमणले विश्वव्यापी रुपमा बुद्ध र लुम्बिनीको थप प्रचार हुने बताउनुभयो । महासचिवसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल पनि लुम्बिनी पुग्ने कार्यक्रम छ ।