देउवालाई सँगै राखेर ओलीको चियापान, प्रचण्डसँग सामूहिक मात्रै (भिडियो सहित)

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) को चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टै बसेर कुराकानी गर्नुभयो ।
तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भने उहाँले छुट्टै कुराकानी गर्नु भएन । ओलीले प्रचण्डसँग पुर्व प्रधानमन्त्री झलनाथ खनाल, बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, रास्वपाका सभापति रवि लामिछानेलगायतसँगै बसेर कुराकानी गर्नुभयो । तर, देउवासँगै बसेर उहाँले निकैबेर कुराकानी गर्नुभयो । उहाँहरुको संवादको हाउभाउ हेर्दा देउवा निकै प्रसन्न भएको देखिन्थ्यो । ओली पनि त्यहि शैलीमा प्रस्तुत हुनुभएको थियो ।
उहाँहरु दुबै सँगै बसेका बेला एक सञ्चारकर्मीले यो कुर्सीमा सँगै बसेको दृष्य सरकार चलाउने अवस्थासम्मका लागि हो भनेर प्रश्न गर्दा देउवाले हात हल्लाउनु भयो । देउवाले हात हल्लाउन नभ्याउँदै ओलीले ठट्यौलीपारामा ‘उहाँले यो विषयमा चिन्तै नलिए हुन्छ’ भन्नुभएको हो भन्नुभयो । ओलीसँगै रहनु भएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल दुबै जना ओलीको उक्त प्रतिक्रियापछि हाँस्न थाल्नुभयो । देउवा र ओली पनि दिल खोलेर हाँस्नुभयो ।
https://www.facebook.com/maitrinews/posts/pfbid0h5nScKMJBy31uynQ2TbHcDHtSmaN7QRp1DDERL1GewYS3RW8eLc52sPVZU6hYf1sl?mibextid=eTXpx5