बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल

काठमाडौं, १८ कात्तिक । जाजरकोटको बारेकोट केन्द्र भएर शुक्रबार राति ११ : ४७ बजे गएको ६.४ म्याग्नेच्युडको भूकम्पले जारगरकाेटलगायतका जिल्लामा ठूलो मानवीय क्षति भएको छ ।
पछिल्लो जानकारी अनुसार नलगाड, भेरीलगायत रुकुमको आठविसकोटमा ठूलो मानवीय क्षति भएको छ ।  भूकम्पका गम्भीर बिरामीको उपचारका लागि बाँकेको भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकलेका अनुसार गम्भीर घाइते बिरामीहरु जाजरकोट र रुकुम पश्चिमबाट रिफर हुने भएकोले भेरी अस्पताललाई डेडिकेट अस्पताल बनाइएको हाे ।

प्रशासन कार्यालयले अस्पतालमा सहज उपचारका लागि फोकल पर्सन पनि तोकेको छ । बिरामीका आफन्तले नरेश श्रेष्ठ (९८५११४३६६६)लाई सम्पर्क गर्नसक्ने जानकारी गराइएकाे छ ।

भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ । अस्पतालहरूमा चिकित्सक, नर्सिङ स्टाफ, र लजिस्टिकको प्रबन्ध मिलाइएको पनि प्रशासनले जानकारी दिएको छ ।