कोशीको राजनीतिक ढोक्सामा उप्रेती र जगेवु, एमाले उम्किदाँ कार्कीलाई सकस

काठमाडौँ, १८ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जवेगुलाई मन्त्री बनाएर नेकपा (एमाले)सँगको सहमती कार्यान्वयनलाई लत्याएपछि एमाले सरकारबाट बाहिरिएको छ ।

एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले आज विहान पदबाट राजीनामा दिनुभएको हो । एमालेले प्रदेश सरकारमा आफू र कांग्रेसको मात्र सरकार बन्नुपर्ने भन्दै ५ मन्त्रालयमा दाबी गरे पनि सहमतिविपरीत सरकार विस्तार गरेपछि एमालेले मन्त्री फिर्ता बोलाएको हो ।

अप्ठ्यारो अवस्थामा कार्कीलाई एमालेले सहयोग गरेर मुख्यमन्त्री बनाए पनि गठबन्धनका सामू कार्की समूह गलेपछि त्यहाँको अवस्था बदलिने निश्चित भएको हो । कार्कीलाई एमालेले सहयोग गरे पनि गठबन्धन दलहरूले कार्कीलाई विश्वासको मत दिएर ढोक्सा थापेका थिए । अहिले त्यहि ढोक्सामा उप्रेती र जवेगु पारेपछि एमाले बाहिरिएको हो । एमाले बाहिरिएसँगै कार्कीको मुख्यमन्त्री पद पनि धरापमा पर्ने निश्चित भएको छ ।