भूकम्प पीडितलाई उपत्यका मेयर्स फोरमको २५ लाख सहयोग

काठमाडौं, १८ कात्तिक । जाजरकोटको रामाीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा भूकम्प प्रभावितहरुलाई राहतका लागि उपत्यका मेयर्स फोरमले रु २५ लाख आर्थिक सहयोग गर्ने भएको छ । फोरमका महासचिव घनश्याम गिरीले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिनुभएको हो ।
‘मिति २०८० कात्तिक १७ गते राती जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पबाट हुन गएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति हामी स्तब्ध भएका छौँ,’ विज्ञप्तिमा भनिएको छ,’ ‘भूकम्पमा परी ज्यान उमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवाजनमा हार्दिक समवेदना व्यक्त गर्छौ । साथै घाइते हुनुभएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गदर्छौ । यस दुखद् घडीमा यस काठमाडौं उपत्यका मेयर्स फोरमको तर्फबाट २५ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय लिएको व्यहोरा जानकारी गराउँछौँ ।’ अहिले फोरमको अध्यक्ष ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन हुनुहुन्छ ।