दुई दर्जन ठेकेदार कम्पनीलाई ७ दिने स्पष्टीकरणसहित कालोसूचीमा राख्न सिफारिस

काठमाडौं, २२ कात्तिक । निर्माणका काम सन्तोषजनक नभएकाे भन्दै सरकारले दुई दर्जन ठेकेदार कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण मागेकाे छ ।

विभिन्न सार्वजनिक निकायबाट कालो सूचीमा राख्न सिफारिसमा परेका कम्पनीहरुलाई सार्वजनिक खरिद अनुगमनको कार्यालयले कालो सूचीमा राख्न नपर्नाको कारणसहित सात दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न भनेको हो ।

सरकारले स्पष्टीकरण चित्तबुझ्दो नआएमा कालोसूचीमा राख्ने गर्दछ । कालोसूचीमा परेमा कालोसूचीमा परेको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन ।