बालबालिकाहरुले सम्पादकलाई साेधे : मिडियामा बालबालिकाहरुकाे समाचारले स्थान पाउन किन गार्हाे हुन्छ?

काठमाडौं, ४ मंसिर । बालबालिकाहरुको क्षेत्रमा क्रियाशिल संस्था चाइल्ड नेपालले आइतबार राजधानीमा बालबालिकाहरुसंग मुलधारका मिडियाका सम्पादकहरूसंग अन्तरसंवाद गरेकाे छ ।

बालबालिकाहरूले अन्तरसंवादका क्रममा समाचार सम्पादकहरूसंग मुलधारका मिडियाहरुमा बालबालिकाका समाचार प्रसारण र प्रकाशन नगरिनुका कारणहरू साेधेका थिए ।

बालबालिकाहरूले मुलधारका मिडियाहरुले बालबालिकाका समाचार प्रसारण र प्रकाशनमा उचित स्थान नदिएको गुनासो पनि गरे । साथै सहभागी बालबालिकाले बालबालिकाका सवालका समाचारहरुलाई प्राथमिकता दिन उनीहरुले अनुरोध गरे ।

अन्तर्राष्टिय बाल अधिकार दिवसको अवसरमा सेभ द चिल्ड्रेनकाे साझेदारीमा चाइल्ड नेपालले आयाेजना गरिएकाे सम्पादकहरूसंगकाे अन्तरसंवादमा बालबालिकाहरुले आआफना प्रश्नहरु राखेका थिए । सधैं प्रश्न सोध्ने काममा रहने सम्पादक पत्रकारहरुलाई बालबालिकाले प्रश्न गर्ने र सम्पादक पत्रकारहरुले उतर दिने कार्यक्रमले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।

कार्यक्रममा बालबालिकाहरुले पत्रपत्रिकामा बालबालिकामाथिको बलात्कार समाचार छापिने तर त्यसलाई फलओप नगरिदिंदा अपराधीले उन्मुक्ति पाउन सहज भइरहेको गुनासो गरे । उनीहरुले अपांगता भएका बालबालिका, तेश्रो लिंगी बालबालिकाहरुको पक्षमा समाचार सम्प्रेषण गरिदिन पनि अनुरोध गरेका थिए ।

बालबालिकाहरुले समाचारलेख्दा सकेसम्म भाषामा सामान्यीकरण गरिदिन अनुरोध गरे । जस्ले साना साना बालबालिकालेपनि समाचार सहजै बुझ्न सकुन भन्ने बालबालिकाहरूकाे सवाल रहेकाे थियाे ।

कार्यक्रममा रिपव्लिका दैनिकका सम्पादक कोषराज कोइराला, दी हिमालयन टाइम्स दैनिकका सम्पादक राजन पोखरेल, गोरखापत्रका कार्यकारी सम्पादक जुनारबाबु बस्नेत, सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्हेवागवा, समूहका पूर्व अध्यक्ष एवं पत्रकार बविता बस्नेत, सामुदायिक रेडियो प्रशारक संघ (सीआईएन) का सम्पादक दीपक आचार्यलगायतले बालबालिकाहरुको जिज्ञासाहरुकोबारेमा आआफनोतर्फबाट उतर दिएका थिए ।
कार्यक्रमको उदघाटन आयोजक चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले गरेका थिए । सवै बालबालिकाका लागि सवै अधिकार मूल नाराका साथ यो वर्ष संसारभर अन्तर्राष्टिय वाल अधिकार दिवस मनाइँंदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *