सादगी व्यक्तित्व डा. अजयक्रान्तिः सङ्गीतको सफलतादेखि बौद्धदर्शन विज्ञसम्म (भिडियो अन्तर्वार्ता)
काठमाडौं, ११ पुस । सादगी र शालीन व्यक्तित्वका रुपमा परिचित डाक्टर अजयक्रान्ति शाक्यको अर्को परिचय भनेको मृदुभाषी पनि हो । काठमाडौंकै भित्री सहरमा जन्मिएर घर नजिकैको विश्व निकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको शिक्षा पूरा गर्नुभएका शाक्य बाल्यकालदेखि नै अन्र्तरमूखी स्वाभावको हुनुहुन्थ्यो रे ! १३ वर्षको कलिलो उमेरमै चेसको राष्ट्रियस्तरका खेलाडी बन्नुभएका उहाँले ‘चेस च्याम्पियन’ भएर त्यो उमेरसम्ममा दर्जनौँ पुरस्कार जित्न सफल हुनुभएको थियो ।
त्यसैबेला रसियन कल्चरको सेतो दरबारमा रहेको काठमाडौं चेस क्लवसँगै रसियन राजदूतसँग चेस खेल्न दूतावास गएको धुमिल सम्झना अहिले पनि शाक्यको मानसपटलमा ताजै छ । विसं २०४० सालमा एसएलसी पास गर्नुभएका डाक्टर शाक्य चेससँगै विद्यालय तहमै अध्ययरत छँदा दौड, जिम्न्यास्टिकलगायतको खेलमा पनि पोख्त हुनुहुन्थ्यो ।
त्यसैबेला रसियन कल्चरको सेतो दरबारमा रहेको काठमाडौं चेस क्लवसँगै रसियन राजदूतसँग चेस खेल्न दूतावास गएको धुमिल सम्झना अहिले पनि शाक्यको मानसपटलमा ताजै छ । विसं २०४० सालमा एसएलसी पास गर्नुभएका डाक्टर शाक्य चेससँगै विद्यालय तहमै अध्ययरत छँदा दौड, जिम्न्यास्टिकलगायतको खेलमा पनि पोख्त हुनुहुन्थ्यो ।
खेलसँगै सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुने शाक्यको एसएलसीसँगै गीतसङ्गीतको क्षेत्रमा पनि निकै ठूलो लगाव रहेको थियो । छिमेकी बाजेले हर्मोनियम बजाएको देखेर त्यसैतिर झुकाव बढाउनु भएका शाक्यले गितार भने दाजुबाट सिक्नु भएको थियो ।
कक्षा–९ मै अध्ययनरत हुँदा काठमाडौंका डबलीहरुमा हुने भाषिक आन्दोलनमा उहाँ सहभागी हुनु भएको थियो । गितार, कंङगो, हार्मोनियमलगायतका बाजाप्रति बढी रुचि राख्ने शाक्यलाई त्यतिबेलादेखि नै टोलटोलमा हुने सांगितिक कार्यक्रममा निम्ता हुन्थ्यो । भर्खरै देशमा निरंकुश पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्थाको उदय भएको थियो ।
कक्षा–९ मै अध्ययनरत हुँदा काठमाडौंका डबलीहरुमा हुने भाषिक आन्दोलनमा उहाँ सहभागी हुनु भएको थियो । गितार, कंङगो, हार्मोनियमलगायतका बाजाप्रति बढी रुचि राख्ने शाक्यलाई त्यतिबेलादेखि नै टोलटोलमा हुने सांगितिक कार्यक्रममा निम्ता हुन्थ्यो । भर्खरै देशमा निरंकुश पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्थाको उदय भएको थियो
पञ्चायती व्यवस्था अन्त्य गरी बहुदलीय व्यवस्था प्राप्तिका लागि देश नै जुरुक्क उठेका बेला शाक्यका गीत–सङ्गीत ले निकै राम्रो माहोल ल्याएका थिए । शाक्यले सङ्गीत भर्नुभएको पहिलो पप–एल्वम ‘प्रेम स्पर्स’ २०४४ सालमा बजारमा आयो । त्यो एल्बमका क्यासेट मात्रै १ लाख बढी विक्री भएका थिए । त्यतिबेला आफैँ झोलामा क्यासेट बोकेर विक्रि गर्न हिँडेको याद पनि अहिले उहाँसँग ताजै छ । विस्तारै सङ्गीतका क्षेत्रमा होमिनु भएका डाक्टर शाक्यलेले त्यसपछि एकल सङ्गीका चार वटा एल्वम वजारमा ल्याउनुभयो । ती सबै एल्वब गीत–सङ्गीतको क्षेत्रमा चर्चित बने ।
‘व्यक्ति एक आयम अनेक’ भने जस्तै डाक्टर शाक्यले जे–जेमा हात हाल्नुभयो त्यसमा सफलता प्राप्त गर्दै जानुभयो । उसु र मार्सलआर्टको खेलाडी समेत रहनु भएका डाक्टर शाक्यले विसं. २०४६ सालदेखि नै लेखन यात्रालाई पनि अघि बढाउनुभयो । संस्कृति र सम्पदाका विषयमा बढी कलम चलाउने शाक्यले ‘द शाक्यज्’, ‘मृत्यु संस्कार’, ‘दशकर्म संस्कार’ जस्ता पुस्तक लेखेर बजारमा ल्याइसक्नु भएको छ ।
‘व्यक्ति एक आयम अनेक’ भने जस्तै डाक्टर शाक्यले जे–जेमा हात हाल्नुभयो त्यसमा सफलता प्राप्त गर्दै जानुभयो । उसु र मार्सलआर्टको खेलाडी समेत रहनु भएका डाक्टर शाक्यले विसं. २०४६ सालदेखि नै लेखन यात्रालाई पनि अघि बढाउनुभयो
वुद्धिज्म्मा विद्यावारिधि गर्नुभएका शाक्यले भ–ूगर्भ र भौतिक शास्त्र, अर्थशास्त्र, सामाजिकशास्त्र र सङ्गीतमा स्नातकका साथै तीन वटा विषयमा स्नातकोत्तरको अध्ययन पूरा गरिसक्नुभएको छ । ‘द शाक्यज जापानी भाषामा समेत प्रकाशित भैसकेको छ । कविता र सायरीमा पनि रुचि राख्ने शाक्यको म मैन झैँ पग्लिरहेँ सायरी संग्रह प्रकाशित छ । वौद्धिक विषयमा बढी रुचि राख्ने शाक्यको राजनीतिमा पनि एक खालको पहिचान बनेको छ ।
वौद्धदर्शन सम्बन्धि अन्तराष्ट्रिय मञ्चहरुमा प्रवचन दिने र वौद्धदर्शनलाई विश्वसामू फैलाउने योजनासहित उहाँ जापान, चाइनालगायतका देशहरुमा पुग्नु भएको थियो । पछि राजनीतिमा अलिक बढी सक्रिय भएपछि उहाँका ती योजनाहरु अधुरा बने । आगामी दिनमा ती अधूरा योजनालाई पूरा गर्ने उहाँको चाहना रहेको रहेछ ।
जनसाँस्कृतिक मञ्चलगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएका शाक्य संविधान जारी भएपछि बनेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीको कार्यालयमा विज्ञान प्रविधि सामाजिक साँस्कृतिक विकास सल्लाहकारका रुपमा काम गर्नुभएको थियो ।
०७४ साल मंसिरमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ (१) बाट ९ हजार ५ सय ३१ मतसहित सांसद निर्वाचित हुनुभएका शाक्यले ०७८ भदौ २३ गते विस्तार भएको बागमती प्रदेश सरकारको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभयो ।
०७४ साल मंसिरमा भएको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ (१) बाट ९ हजार ५ सय ३१ मतसहित सांसद निर्वाचित हुनुभएका शाक्यले ०७८ भदौ २३ गते विस्तार भएको बागमती प्रदेश सरकारको मन्त्रिमण्डलमा आन्तरिक मामिला तथा कानुन मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभयो ।
४९ दिन मात्रै मन्त्री पदको जिम्मेवारीमा रहेर काम गर्नुभएका शाक्यले एक वर्षमा सम्पन्न गर्नुपर्ने ५० वटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ योजना बनाएर अघि बढाउनु भएको थियो । मन्त्री पदको जिम्मेवारी सम्हालेसँगै उहााले विपद् व्यवस्थापन गर्न, प्राकृतिक प्रकोपहरु न्यूनीकरण गर्दै लैजान र सो सम्बन्धी दीर्घकालीन योजनाहरु बनाउनका लागि सहयोगी होस् भन्ने हेतूले ह्याजर्ड म्यापिङको काम अघि बढाउनु भएको थियो ।
उहाँ छोटो समय मन्त्री हुँदा तत्काल बागमती प्रदेशका १३ जिल्लामा विपद व्यवस्थापनका लागि प्रति जिल्ला नगद १० लाखको बजेट निकासा गर्ने कामको थालनी पनि उहाँले गर्नुभएको थियो । उहाँले प्राकृतिक प्रकोपहरु सम्बन्धमा पूर्व सूचनादिने अर्र्ली वार्निङ एप निर्माणको कार्य समेत अघि बढाउनु भएको थियो भने इन्फो वैंक सम्बन्धमा एप निर्माण गरी बागमती प्रदेशका विभिन्न निकाय तथा १ सय १९ वटै स्थानीयतहको सूचनाहरु एउटै वेब पोर्टलबाट थाहा पाउन सक्ने गरी व्यवस्था गर्ने कार्यको थालनी पनि गर्नुभएको थियो ।
उहाँले सांसद भएका बेला पनि आफ्नो क्षेत्रमा भौतिक पूर्वाधार र विकास निर्माणसँगै सम्पदा संरक्षणको क्षेत्रमा निकै ठूलो योगदान गर्नुभएको थियो । समाजसेवामा पनि उत्तिकै रुचि राख्ने शाक्यसँग उहाँको बाल्यकाल, शिक्षा–दीक्षा, वैवाहिक जीवन, जीवनका उतार–चढावलाई समेटेर तयार पारेको भिडियो अन्तर्वार्ताः