बालकुमारीमा मारिएका दुई युवाको शव हेलिकोप्टरमार्फत गृह जिल्ला पठाइयाे

काठमाडौँ, १७ पुस । बालकुमारीमा मारिएका दुई युवाको शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला पठाइएकाे छ ।

प्रहरीसँगको झडपका क्रममा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सरकार र पीडितका आफन्तबीच चार बुँदे सहमति भएपछि आफन्तले शव बुझेपछि शव सेनाको हेलिकोप्टरमार्फत गृह जिल्ला पठाइएकाे हाे ।

ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका युवाहरू प्रहरीसँग झडप हुँदा घटना भएको थियो। उत्जेजित भीडले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी लगाएका थिए ।

सरकारले पीडित परिवारलाई तत्काल १० लाख राहत र थप आर्थिक राहत दिने सहमति गरेको छ। साथै पीडित परिवारका एक एक जना सदस्यलाई राेजगारी दिने पनि सहमत भएको छ।