भारतीय विदेश मन्त्री एस जयशंकर आज नेपाल आउँदै

काठमाडौं, १९ पुस । भारतीय विदेशमन्त्री एस जयशंकर आज नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ। नेपाल-भारत आयोगको सातौं बैठकमा सहभागी हुन उहाँ नेपाल आउन लाग्नुभएकाे हाे ।

विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलसहित दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुहुनेछ ।

आयोगको सातौँ बैठक काठमाडौंमा बस्नेछ । उहाँ आज र भोलि नेपालमा रहनुहुनेछ ।

बैठकमा नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमति पत्रमा हस्ताक्षर हुने बताइएको छ । भने बैठकमा नागरिक उड्डयन क्षेत्रका ६ विषयमा छलफल हुने गरी प्रस्ताव तयार गरिएको छ ।