नेवाः देय् दबू महानगर कमिटीबाट महर्जनसहित सम्मानित

काठमाडौं, २५ पुस । नेवाः देय् दबू महानगर कमिटीले राजन महर्जनसहितलाई सम्मान गरेको छ । नेवाः देय् दबू वडा–२२ कमिटीले यःमरि पुन्हिको उपलक्ष्यमा आयोजना गरेको त्यःछिंत्यः कार्यक्रममा सहभागी कलाकार र सहयोगीहरुलाई पनि मायाँको चिनोसहित सम्मान गरेको हो ।

कार्यक्रममा नेवाः देय् दबूको विभिन्न वडा मध्ये उत्कृष्ट वडा, उत्कृष्ट लागा, उत्कृष्ट संयोजक, उत्कृष्ट कार्यक्रम, उत्कृष्ट उत्प्रेरक सहयोगीलाई पनि सम्मान गरिएको थियो । सम्मानित महर्जन नेवाः देय् दबू वडा–२२ कमिटीका सदस्य एवं त्यःछिंत्यः कार्यक्रमका संयोजक समेत हुनुहुन्छ ।

कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यको प्रमुख आथित्यता एवं नेपाल संवत् न्हूदँ समारोह समितिका अध्यक्ष प्राडा नरेशमान व्रर्जाचार्यको विशेष आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रमको सभापतित्व महानगर कमिटी अध्यक्ष शोभा महर्जन बज्राचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथिसँगै सम्मानित हुनुहुने महर्जनले पनि मन्तव्य राख्नु भएको थियो ।